रक्षामन्त्री र प्रधान सेनापतिलाई 'केक' खुवाए प्रम ओलीले
प्रधानमन्त्रीलाई रक्षामन्त्रीले खुवाए 'केक'
प्रकाशित २०७५ वैशाख २४ सोमबार
281
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको १७ औँ वार्षिकोत्सव केक काटेर मनाएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सोमवार आयोजित १७ औँ वार्षिकोत्सव समारोहमा उनले केक काटेर खुशीयाली मनाएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई केक खुवाए । कार्यक्रममा रक्षामन्त्री पोखरेलले पनि प्रधानमन्त्री ओलीलाई केक खुवाए।
परिषद्ले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकारलाई सिफारिस गर्ने कार्यादेश पाएको छ ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको स्थापना २०५८ फागुन २७ गते भएको थियो । नेपालको संविधानको धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था रहेको छ ।