arrow

आफैलाई गोली हान्न लगाएको आरोपमा आचार्य श्रीनिवास पक्राउ

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
nibas_acharya2.jpg

मोरङ । आफैले आफैँलाई गोली हान्न लगाएको आरोपमा विशेष प्रहरी अनुसन्धान टोलीले धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । गत चैत २५ गते राति विराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानको क्रममा प्रहरीले  त्रिभुवन विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका धर्मगुरु आचार्यलाई पक्राउ गरेको हो  ।

प्रहरीको टोलीले सोमबार बिहान विमानस्थल क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । आचार्यलाई गोली हान्ने उनकै विश्वासिला पात्र रहेको समेत खुलासा भएको छ। आचार्यका विश्वासिला पात्र चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका-५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पनि टोलीले पक्राउ गरेको हो ।

आचार्य नेपाललाई हिन्दू राष्ट्रको रुपमा नामाकरण गर्ने अभियान संचालन गर्दै आएका थिए। विराटनगर जतुवास्थित श्री राम जानकी मन्दिरमा आयोजना हुने श्रीमदभागवत पुराणमा सहभागि हुन विराटनगर पुगेका आचार्यमाथि गोली प्रहार भएको थियो।  जतुवास्थित रामजानकी मन्दिर परिसरमै रहेको समयमा गएराति उनिमाथि गोली प्रहार भएको थियो ।  उनको दाहिने कुममा गोली लागेको थियो ।

घटनास्थलमा गोलीका दुइवटा खोका भेटिएको थियो। प्रहरीले सोहि खोका अनुसन्धान गर्दै जादा आचार्यसम्म पुगेको हो ।  घटनाको क्रिष्टियन मिसिनरीहरुले भाडाका केही मान्छे प्रयोग गरी गोली हान्न लगाएको भन्ने आशंका गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ