arrow

मोदीको भ्रमणको सदुपयोग गरौँ : विमलेन्द्र निधि

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
bimalendra_nidhi_647_082016021940.jpeg

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सोमवार पत्रकारसँग कुरा गर्दै उनले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो चरणको विस्तार, पूर्वपश्चिम रेलमार्ग निर्माण, राजर्षि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का आयोजनामा सहयोग केन्द्रित गरी सदुपयोगको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।

फरक प्रसंगमा उपसभापति निधिले प्रदेश नं २ को प्रदेशसभामा नेपाली कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता नदिएर प्रदेश सरकारले अधिनायकवादी शैली प्रस्तुत गरिरहेको आरोप लगाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ