arrow

हवाई कार्वाहीमा ४९ आतङ्ककारी मारिए

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
plane1.jpg

काबुल ।अफगानिस्तानका विभिन्न प्रान्तमा गत २४ घण्टाभित्र गरिएका छुट्टाछुट्टै इलाकामा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको हवाई कारबाहीको क्रममा कम्तीमा ४९ जना आतङ्ककारी मारिएको खबर छ ।

अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्लो समयमा हिंसा बढेको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी समूहको एक आखाडालक्षित हवाई आक्रमणमा कम्तीमा १८ तालिबान आतङ्ककारी मारिनुको साथै १४ जना घाइते भएका जनाइएको छ ।

त्यस्तै छिमेकमा पर्ने कान्दाहार प्रान्तको मरुफ जिल्लामा भएको यस्तै कारबाहीमा परी नौ तालिबान आतङ्ककारी मारिनुको साथै सात घाइते भएका बताइएको छ ।

यसैगरी जाबुल प्रान्तको डेचोपान जिल्लामा भएको हवाई आक्रमणमा परी १० आतङ्ककारी मारिएका छन् । अफगानिस्तानमा हवाई कारबाहीमा अफगान सुरक्षा बललाई अमेरिकी र नेटो सैनिकले सहयोग गर्दै आएका छन् । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ