arrow

‘२० प्रतिशत महिलालाई सम्पत्तिमाथिको अधिकार’

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
money-e1434183175402.jpeg

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले स्थानीय सरकार बलियो र सशक्त नभएसम्म महिला र बालबालिका सुरक्षित हुन नसक्ने बताएकी छन् ।

दिदीबहिनी नामक संस्थाले सोमवार यहाँ आयोजना गरेको ‘स्थानीय तहमा लैङ्गिक समानता र चुनौती’ विषयको कार्यशालामा मन्त्री थापाले वर्तमान अवस्थामा स्थानीय सरकार जनताको सरकार भएकाले स्थानीय तहले नै समुदायलाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला सशक्तीकरणका लागि राजनीतिसँगै आर्थिक क्रान्ति शुरु गर्न आवश्यक रहेको औँल्याइन् । महिलाअधिकारकर्मी सरु जोशीले स्थानीय जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालनसम्बन्धी तालीम सञ्चालन गरे मात्र जनताको आशानुरुप काम हुने बताइन् ।  

अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै अझै पनि २० प्रतिशत महिलालाई मात्र सम्पत्तिमाथिको अधिकार रहेको जानकारी दिए । कार्यक्रममा सहभागीले स्थानीय तहमा ४१, प्रदेशसभामा ३४ र संसद्मा ३२ प्रतिशत महिला सहभागिता ठूलो उपलब्धि हो भन्दै त्यसलाई संस्थागत गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ