arrow

‘सिन्डिकेट’ को गलत व्याख्या, कर्माचार्य भन्छन् –‘यो सरकार जनताको हैन’

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
yogendra-nath-karmacharya.jpg

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफूहरुलाई ‘सिन्डिकेट’ को गलत बिल्ला भिराइएको आरोप लगाएका छन् । उनले सरकारले आफूहरुलाई ‘सिन्डिकेट’ शब्दको दूरुपयोग गर्दै दमन गरेको बताएका हुन् । 

कर्माचार्यले आफूहरुले पहिले नै गत शुक्रबारका लागि गाडी घरमै थन्क्याउने सार्वजनिक गरेको कार्यक्रमपछि एक पटक पनि वार्तामा नबोलाई सीधै कार्वाही गरेर सरकारले आफूहरुमाथि दमन गरेको आरोप लगाए । उनले भने, ‘वार्ताबाट समस्याको समाधान हुन सक्थ्यो, सरकारले वार्ता गर्न चाहेन, सीधै कार्वाही गर्यो ।’

‘हामी पनि नेपाली जनता हौं, जनताका माग पूरा गर्ने काम सरकारको हो, तर यो त जनताको सरकार नभइ जनताको मौलिक अधिकार दमन गर्ने सरकार पो भयो ’ उनले भने । 

कर्माचार्यले आफूहरुलाई ‘सिन्डिकेट’ शब्दको गलत प्रयोग गरेरै आफूहरुलाई बदनाम गरेको बताए । उनले भने, ‘सिन्डिकेट भनेको के हो ? हामीले के गल्ती गरेका कारण सिन्डिकेट भयो ? यसबारे सरकारले स्पष्ट पारोस् ।’

सबै सरकारले गरोस् अब
थुनामा समेत परेका कर्माचार्यले भने, ‘अब सबै जिम्मा सरकारले लेओस्, हाम्रा खाता रोक्का गरिए, अब कुनै दुर्घटना भए क्षतिपूर्ति सरकारले नै देओस्, हामी अब केही पनि गर्दैनौं, सबै जिम्मा सरकारले दिने हो, हामी त स्वतन्त्र भयौं ।’

हामीले सरकारलाई दिएको सहयोग गलत रहेछ । सरकार आफै हावी भयो । जिम्मेवारी आफै लियो । अब जनताका जुनसुकै माग सरकारले नै पूरा गरोस् । यातायात व्यवसायी कुनै पनि अपजशको जिम्मा लिन तयार छैन ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ