यी हुन् डीआईजीमा बढुवाका लागि सिफारिसमा परेका १६ एसएसपीहरु
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
187
Shares
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सोमबार १६ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनावश्यक पद खारेज गर्ने जनाएसंगै ७ पद खारेज गर्दै १६ जनाका लागि मात्र सिफारिस गरेको हो । गत वर्षको चैत २८ गतेदेखि डिआईजीका २३ पद रिक्त छन् ।
को को परे सिफारिसमा ?
–केदार रिजाल
–शेरबहादुर वस्नेत
–पिताम्बर अधिकारी
–दिपककुमार थापा
–दिनेश अमात्य
–नारायणसिंह खड्का
–रवीन्द्रप्रसाद शर्मा
–कमलबहादुर जिटी
–महेन्द्रकुमार पोखरेल
–महेशविक्रम शाह
–प्रेम चन्द
–श्याम खड्का
–दानसिंह बोहरा
–सुशीलकुमार भण्डारी
–रामप्रसाद श्रेष्ठ
सुरज केसी ।