arrow

लैङ्गिक दुव्र्यवहारमा फसे महान्यायाधिवक्ता, दिए राजीनामा

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
eric-schneiderman.jpg

न्युयोर्क । अमेरिकाको न्युयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानले राजीनामा दिएका छन् । उनीमाथि चार महिलाहरुलाई दुव्र्यवहार गरेको आरोप लागेसँगै उनले राजीनामा दिएका हुन् । 

न्युयोर्क म्यागाजिनले उनीमाथि आरोप लगाउने महिलाहरुको भनाइसहितको विवरण सार्वजनिक गरेसँगै उनले राजीनामा दिएका हुन् । उनीहरुले आफूहरुलाई उनले दुव्र्यवहार गरेको आरोप लगाएका हुन् । 

अहिले भनाइ सार्वजनिक गरिएकामध्ये दुई जना महिलाहरु उनका पूर्व प्रेमिकाहरु रहेको बताइएको छ । उनले सरकारको लैङ्गिक दुव्र्यवहार विरुद्धको एक कार्यक्रममा काम गरिरहेका थिए । 

सोमबार उनले एक विज्ञप्ति जारी गर्दै उनले आफूमाथि लागेको गम्भीर प्रकृतिको आरोपको कारण आफूले पदबाट राजीनामा दिने निर्णय गरेको बताए । यस किसिमका आरोपहरु व्यावसायिक हिसाबमा सम्बन्धित नरहेको भएपनि यसले आफूलाई नियमित काम गर्न निकै अवरोधहरु सिर्जना गरेको उनले बताएका छन् । 

न्युयोर्कका गभर्नर एन्ड्रयु क्युमोले उनको राजीनामाको विषयमा बोल्दै कोही पनि कानुनभन्दा माथि नरहने र आगामी दिनमा उनको नियमित काममा फर्कने सम्भावना रहेको बताएका छन् । गएको फेब्रुअरी महिनामा पनि न्युयोर्कका वरिष्ठ अधिकारीले यसै किसिमको मुद्दामा राजीनामा दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ