arrow

फस्ट लेडी मेलानियाले ल्याइन् यस्तो नयाँ योजना 

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
melania.jpg

वासिङटन । अमेरिकी फस्ट लेडी मेलनिया ट्रम्पले बालबालिकाहरुको लागि सहयोग हुने ‘बि फस्ट’ नामक नयाँ कार्यक्रमको सुरुवात गरेकी छिन् । बालबालिकाहरुलाई सामाजिक, भावनात्मक कुराहरु तथा भौतिक स्वास्थ्यको विषयमा सहयोगको लागि यस किसिमको कार्यक्रम अघि सारिएको हो । 

‘बि फस्ट’ कार्यक्रमको सुरुवाती उद्देश्य बालबकालिकाहरुका लागि स्वस्थ राख्नु रहेको छ बताइएको छ । सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुमा सकारात्मक कुराको प्रचार गराउनु तथा कुनै किसिमको गलत काम हुनबाट रोक्नु रहेको बताइएको छ । मेलानिया ट्रम्पले आफ्नो यो कार्यक्रम सुरु गर्दै आफ्ना बालबालिकाहरुमाथिको दायित्व पूरा गर्नको यस किसिमको योजनाहरु निकै महत्वपूर्ण रहेको उनले बताइन् । 

उनले सामाजिक सञ्जालले पछिल्लो समय समाजमा सकारात्मक तथा नकारात्मक किसिमको प्रभाव पारिरहेको अवस्थामा सकारात्मक प्रभाव बढाउनका लागि यो योजना ल्याइएको बताएकी छिन् । सामाजिक सञ्जालको प्रयोगलाई उत्पादनमूलक बनाउनका लागि सामाजिक सञ्जालको प्रयोग गरिनु नै यो कार्यक्रमको प्रमुख लक्ष्य रहेको ट्रम्पको भनाइ छ । 

यो कार्यक्रमको सुरुवातमा संघीय व्यापार कमिसनसँग पनि सहकार्य गरिने बताइएको छ । यसले सामाजिक सञ्जाललाई सुरक्षित बनाउने पनि उनको भनाइ रहेको छ । यो कार्यक्रमले नामअनुसार हाम्रो भविष्यलाई सबैभन्दा राम्रो बनाउनका लागि सहयोग पुर्याउने ट्रम्पले बताएकी छिन् । 

यो कार्यक्रममा उनका पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ