arrow

२४ दिन देखि कालीगण्डकीमा बेपत्ता युवकको शव भेटियो

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
Dead_Body.jpg.jpeg

पाल्पा । २४ दिनदेखि बेपत्ता युवक सोमबार मृत अवस्थामा भेटिएका छन् । पाल्पा हार्थोकका १८ वर्षका संगम कार्की कालीगण्डकी गाउँपालिका ६ जयपति स्थित कालीगण्डकी किनारमा भेटिएका हुन् ।

 नयाँ वर्ष मनाउन पाल्पाको रानीघाट गएका र्दुइ जना युवा नजिकैको कालीगण्डकी खोलामा बगेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये रिब्दीकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षे आयुष खनालको शव  बैशाख २ गते  फेला परेको थियो । रानीमहल नजिकै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा हार्थोककै संगम कार्की र खनाल बगेर बेपत्ता भएका थिए ।

 बेपत्ता कार्कीको २४ दिन पछि शव भेटिएको हो । कार्कीको शवलाई सोमबार नै आफन्तालाई बुझाइएको   जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार शव गलिसकेकाले पोष्मार्टम नै नगरि आफ्न्तालाई जिम्मा लगाइएको हो । आफ्न्ताले घाटीमा लगाएको सिर्कीका अधारमा कार्कीको शव सनाखत गरेको डिएसपी विष्टले बताए । कार्कीको खोजिका लागि प्रहरी र आफ्न्ता लामो समय देखि खटेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ