arrow

प्रचण्डले धोका दिएपछि 'विप्लव' माओवादीको गतिविधि बढ्यो !

बाजुराको हिमाली भेगमा बढ्यो 'विप्लव' माओवादीको गतिविधि

logo
दयाराम पण्डित,
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
prachanda-and-biplav.png

बाजुरा ।  प्रमुख जिल्ला अधिकारी चेतराज वरालले बाजुराको हिमाली गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी  विप्लव समुहको गतिविधी वढेको वताएका छन् ।   गत शुक्रवार बाजुराको प्रमुख जिल्ला अधिकारीको   रुपमा हाजिर भएका प्रजिअ बरालले सोमवार दिउँसो आफ्नै कार्यकक्षमा पत्रकारसंग भएको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् ।  जिल्लाको शान्तिसुरक्षमा आफुलागिपर्ने बचन दिदै सुचनाको हक संरक्षण गर्न आफ्नो क्षेत्रबाट पहल रहने वताए ।
 
जिल्लामा समाननतर कमिटी गठन गर्ने,  चन्दा असुल्ने   जनप्रतिनीधिलाई धम्की दिने, वर्तमान राज्यसत्ताको कार्यसैली र नीतिगत रुपमै असहयोग गर्ने नीति नेकपा  माओवादी विप्लव समुहले गर्दै आएको  स्थानीयले  वताउदै आएका छन्  । शनिवार दिउँसो  विप्लव माओवादी समुहले  बन्द आह्रवान गरेपछि कोल्टीको दानसांगु र तिपाडामा बेवारिसे वम फेला परेको थियो । सार्वजनिक  स्थान सडक पुलमा विस्फोटक पदार्थ राखेर प्रहरी प्रशासनलाई  तर्साउने जस्ता कार्य बढ्दै गएको जिल्लावासीले चिन्ता ब्यक्त गरेका छन् ।

“सडक खन्न गएका हामीलाई जवरजस्ता सर्वसाधरणलार्ई विगत झै अभियानमा लिन थालेका छन् । घरघरमा खानाखाने गाउले जम्मा गरि जनवादी शिबिर चलाउने जस्ता कार्य बढेको एक स्थानीयले वताए । ” आक्रमाक गतिविधीलाई नियन्त्रणमा लिन जिल्लाको सुरक्षा निकायसंग आवस्यक छलफल भईरहेको प्रजिअ बरालले जानकारी गराए ।
 
विशेषगरी तत्कालिन जनयुद्धका नाईके प्रचण्डले धोका दिएको करण जनवादी सत्ताका लागि पुनः लड्नुपरेको  आरोप विप्लव समुहले लगाएको छ । नेपाल कम्युनिष्टि पार्टी विप्लव समुहका विद्यार्थी नेता केशबराज उपाध्याले भने  गतिविधी बाजुरामा मात्र नभई देशभरि जनजागरण तथा प्रतिरोध अभियान सञ्चालन गरेका छौं ।  बाजुरामा भरत थापालाई सत्ताप्रमुख वनाई समानातर सरकार गठन गरेको र जनजीविकासंग सरोकार राख्ने जनहितलार्ई मध्यनजर गर्दै कालोबजारी गर्ने ब्यापारी भ्रष्टकर्मचारी नेता तथा कर्मचारी जोकोहीका विरुद्ध पार्टीको अभियान सञ्चालन गरेको  विप्लव समुहले वतएको छ ।
     
सशस्त्र द्धन्दवाट आजित भएका बाजुराली नागरिक पुनः विप्लव गतिविधी बढेपछि देश कतै पुनः द्धन्दमा फस्ने  र नागरिकले दुःखपाउने संकामा चिन्ता लागेको स्थानीयले गुनासो गर्न थालेका छन् ।

जिल्लामा नव प्रवेशी प्रजिअ बरालले बाजुराको आर्थिक सामाजिक भौतिक  राजनीतिक गतिविधीको बारे बुझ्न राजनीतिक दल , जनप्रतिनीधि ,  सुरक्षा निकाय र पत्रकारसंग छलफल गरेका थिए ।  अख्तीयारको अधिकार आफुलाई भएपनि जनप्रतिनीधिको  प्रोटोगलको सवाल पनि जोडेका थिए ।

जिल्लाको शान्तिसुरक्षको सवालमा कुरा गर्दै  बाजुराका पोरखे लेकमा प्रहरी चौकी राखेर पोरखेलाई संरक्षित आरक्षण वन क्षेत्र सुरक्षित गर्नुपर्ने  । टेलिफोन सेवा सर्वसुलभ हुनुपर्ने । गौमुल स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लगायतका क्षेत्रमा शान्तिशुरक्षाको अनुभुती हनेगरी प्रहरी प्रशासनको सेवा प्रभावकारी गर्नु पर्ने । जिल्लाको शातिशुरक्षा र शुसानको प्रत्याभुतिलाई पहिलो प्राथमिकतामा राख्न पत्रकारले शुझाव दिएका थिए ।

 त्यसैगरी मार्तडी कोल्टी सडक खण्ड  निर्माणमा तिब्रता ल्याउनुपर्ने  सवारी साधानामा सामान ढुवानी तथा क्षमता भन्दा बडि यात्रुबोक्न नहुने , गाउँ गाउँमा अबैध मदिराका कारण  समाज विखण्डीत हुनसक्ने संकेत देखिएको प्रति प्रजिअलाई सजगरहन पत्रकारले आगह्र गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ