arrow

कलवाइपास गर्ने शुक्ला र मगरातीलाई 'सिआइबी' ले समात्यो

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
CIB.jpg

काडमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो  'सिआइबी' ले अवैध कलवाइपास गर्ने दुई जनालाई सार्वजनिक गरेको छ । सिआइबीले भारत ,मध्ये प्रदेशका २४ बर्षीय विवेक शुक्ला र  सिन्धुली सुनकोशी गाउँपालिका वडा नं ६ का २५ बर्षीय लाल बहादुर मगरातीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

शुक्ला र मगरातीलाई काठमाडौं महानगरपालिका वडा नं ९ स्थित गेज होटलको कोठा नं ३०४ र काठमाडौ जिल्लाको  कागेश्वरी मनहरा वडा नं ७  शान्तीदीप टोल स्थित भोलाराज गौतमको घरमा अवैध भिओआइपी संचालन गर्न प्रयोग हुने उपकरणहरु सहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले पक्राउ गरेको हो । दुवैलाई सिआइबीले काठमाडौं  जिल्ला अदालतबाट ५ दिन को म्याद थप गरी  दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

सिआइबीले उनिहरुबाट ३२  पोर्टको  भिओआइपी गेटवे एक थान, कालो डिनस्टार  लेखिएको १६ पोर्टको भिओआइपी गेटवे एक थान,  निलो १६ पोर्टको भिओआइपी गेटवे एक थान, ऐ को चार्जर  एक थान, पिलोन कनेक्टर एक थान, टिपिलिङ को राउटर दुई थान ,  टिपिलिङ को सानो राउटर  एक थान, एयरटेल फोरजी इन्टरनेट मोडेम एक थान, भिआइभिओ मोवाइलसेट चार थान उपकरण बरामद गरेको छ ।

 लाल बमगरातीलाई यस अघि प्रहरीले ललितपुर उपमहानगरपालिकाबाट भिओआइपी संचालनमा प्रयोग हुने विभित्र उपकरणहरु सहित पक्राउ गरि १८ महिना जेल चलान गरेको थियो । भने भारतीय नागरिक  विवेक शुक्लाले बर्दिया को गुलेरीयामा केही महिना अबैध भिओआइपी संचालन गरी काठमाडौंलाई कार्यक्षेत्र बनाउदै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ