arrow

मोदीको मुक्तिनाथ भ्रमणमा दुई दिनका लागि वैकल्पिक मार्ग

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
narendra-modi.jpg

मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति मुस्ताङको मंगलवार बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलका अनुसार वैशाख २८ र २९ गते पदयात्रीका लागि छेन्गुर, झोङ, पुटाक हुँदै कागबेनीको बाटो तय गरिएको छ ।

पदयात्रामा जाने पर्यटकका लागि बैकल्पिक पदमार्ग व्यवस्था गरिनु स्वागतयोग्य भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताए ।

“पदयात्राका क्रममा उक्त क्षेत्रमा अहिले पनि धेरै पर्यटक आवजावत गरेका छन्,” उनले भन्नुभयो, “पदयात्री पर्यटकको पदयात्रालाई नियमित एवम् सुचारु गराउन यो निर्णयले महत्वपूर्ण सहयोग पुग्नेछ ।”  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ