arrow

क्यामेष्ट्रि फेरि मिल्यो पुटिन र मेदभेदेवबीच, बने प्रधानमन्त्री

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
putin-medvedev.jpg

मस्को । रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद डुमाले भारी मतसाथ निर्वाचित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

संसदमा मेदभेदेभको पक्षमा ३७४ मत परेको थियो भने विपक्षमा मात्रै ५६ मत परेको क्रेमलिनले जनाएको छ । शक्तिशाली रूसी राष्ट्रपति पुटिनको समेत उपस्थिति रहेको संसदमा प्रधानमन्त्रीका लागि मतदान हुनुपूर्व आफूलाई मतदान गर्न सांसदसँग अनुरोध गर्दै मेदभेदेभले भने, “म देश विकासको लागि जुनकुनै काम गर्न अग्रसर रहनेछु । पुनः एक पटक मलाई प्रधानमन्त्री निर्वाचित गर्नुहोस ।” 

मेदभेदेभले सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ