arrow

मध्यपहाडी लोकमार्गको सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन कालोपत्र 

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
lokmarga.jpg.jpeg

खोटाङ । कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा मालेले बिरोध जनाएको छ । 

ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पूरा नगरेको र निर्माणाधीन सडक पनि गुणस्तरहीन भएको भन्दै नेकपा माले, खोटाङले विरोध जनाएको हो । 

जिल्ला समन्वय समितिलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै नेकपा मालेले दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेकाले कारबाही गर्न माग गरेको छ । डेढ वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने दिक्तेल–हलेसी सडकमा ठेकेदारले अझै पनि ग्राभेलको कामसमेत पूरा नगरेकाले विरोधमा उत्रनु परेको पूर्व सांसद एवं नेकपा मालेका पोलिटब्यूरो सदस्य कुलप्रसाद फुयाँलले बताए ।

हलेसी–अर्खौले खण्डको कालोपत्रेका काम गुणस्तरहीन भएको व्यापक जनगुनासो आएपछि गत चैत १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अध्ययन गरेर ल्याब टेष्टका लागि कालोपत्रे काटेर लगेको थियो । दिक्तेल–हलेसी खण्डको विभिन्न चरणका काम १२ जुन २०१६ मा सम्पन्न गर्ने गरी ठेकेदारले १४ जुन २०१४ मा शुरु गरेको थियो । 

मध्यपहाडी लोकमार्गकै जयराम–हलेसी र दिक्तेल–चखेवा सडकखण्डको कालोपत्रेका काममा पनि उस्तै ढिलासुस्ती देखिएको नेकपा मालेले जनाएको छ । पहिलोपटक २०६७ सालमा ओटासिल गरिएको जयराम–हलेसी सडकमा रौता कन्ट्रक्सनले डिबीएमएसटी पिचको काम गरिरहेको छ । 

आव २०७१–०७२ मा टेण्डर भएपछि २०७५ सालभित्र कालोपत्रेका काम पूरा गर्ने गरी ठेकेदार कम्पनी गोल्डेन गुड–रमन जेभीले जिम्मा लिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको काम पनि गुणस्तरहीन भइरहेको ज्ञापनपत्रमा उल्लेख छ । सडकको पर्खाल र ढल निर्माणका क्रममा सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलाएको, कमसल गिट्टी प्रयोग गरिएको, मसला बनाउन फोहर र धमिलो पानी उपयोग गरिएको नेकपा मालेले आरोप लगाएको छ । 

कामको जिम्मा लिएका मुख्य ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले काम गर्दा र विभिन्न पेटृी ९साना० ठेकेदारलाई कामको जिम्मा दिँदा कालोपत्रेका काम गुणस्तरहीन भएको पूर्व सांसद फुयाँलले दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ