arrow

के एमाले र मोदीबीचको सम्बन्ध सुध्रिएकै हो त ? 

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
india-oli-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल आउँदैछन् । उनी जनकपुर हुँदै काठमाडौं आइपुग्नेछन् । यो भ्रमणले नेकपा एमालेसंगको सम्बन्ध अझ बलियो हुने दाबी नेकपा एमालेका नेताहरुले नै गर्न थालेका छन् । 

सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले पुराना सबै समस्या र तीतोपनलाई बिर्सनु लाभदायक हुने बताउँदै भन्छन्, ‘नेपाल भारतबीचको सम्बन्ध सदियौंदेखिको हो, यो कायम छ, अहिले अझ राम्रो भएको छ ।’

उनले ‘समय समयमा आउने दरारलाई अन्त्य गर्दै अगाडि बढ्नेमा दुई मत छैन, एमालेसंग पहिले तितो भएको सम्बन्धमा सुधार आएको छ’, भने । 

मन्त्री पंडितले विगतमा भन्दा सम्बन्धमा सुदृढ भएको र विगतमा बनाइएका घाउलाई मल्हम पट्टी लगाउने काम भएको समेत बताए । 

नाकाबन्दीको समयलाई अहिले सम्झिएर फाइदा नहुने भन्दै उनले त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा मन्त्री पंडितको जोड छ । उनले भने, ‘सम्बन्ध सुधार हुँदै जाँदा पुराना तिता पनि भुल्नुपर्छ, अब अगाडि बढ्नुको विकल्प छैन ।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारत सामु लम्पसार परेर हिँडेको आरोप लगाइरहँदा मन्त्री पंडितले भने कुनै पीडा छन् भने बोकिरहनु आवश्यकता नभएको बताए । उनले भने, ‘पीडा बोकिरहनु हुँदैन, हामी पनि बोक्दैनौं ’

मोदी स्वागतको तयारी कस्तो छ ? 
मन्त्री पंडितका अनुसार –नेपाल सरकारले आफैले निम्तो दिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएकाले तयारी तीव्र छ । राम्रो छ । सरकारले मोदीको स्वागतका लागि कुनै कसर बाँकी नराख्ने बताएको छ ।  

तीन ठाउँमा नागरिक अभिनन्दन हुँदैछ । सुरक्षा राम्रो छ । अतिथि सत्कारका लागि कुनै पनि कसर बाँकी राखिने छैन । 

मोदी र ओलीका कुरा सार्वजनिक किन भएनन् ? 
केपी शर्मा ओली भारत गएका बेलामा दुई नेताबीच वान–टु–वान वार्ता भएको थियो । त्यो गोप्य वार्ताबारे कुनै जानकारी दिइएन । यो बारेमा मन्त्री पंडित भन्छन्, ‘त्यो कुनै गलत वार्ता थिएन, भलाकुसारी थियो जुन बाहिर ल्याउनु जरुरी नै छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ