arrow

इरान सम्झौताबाट अमेरिका बाहिरिने, अब इरान के गर्छ ? 

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
america-iran.jpg

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि बाराक ओबामाले गरेको इरान सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका छन् । इरानसँग भएको न्युक्लियर सम्झौता तोड्दै अमेरिका उक्त सम्झौताबाट बाहिरिने भएको हो । 

मंगलबार ट्रम्पले यो सम्झौता खराब सम्झौता रहेको र यसले अमेरिका तथा अमेरिकी नागरिकहरुमा नकारात्मक असर पारिरहेको कारण यो सम्झौताबाट अमेरिका बाहिरिन लागेको बताए । 

यसअघि युरोपियन युनियनहरुले दिएको सल्लाहको विपरीत उनले आगामी दिनमा इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाइने पनि बताएका छन् । यस किसिमको कार्य सन् २०१५ मा भएको इरान सम्झौताको उलंघन हो । 

यसको प्रतिक्रियास्वरुप इरानले भने आगामी दिनमा आफ्नो न्युक्लियर कार्यक्रम विस्तार गर्ने बताएको छ । इरानी राष्ट्रपति हसन रोउहानीले अमेरिकाले आफ्नो सम्झौतालाई सम्मान गर्दैन भन्ने कुराको पुष्टि दिएको बताए । 

उनले आफूले आवश्यक परेको खण्डमा न्युक्लियर कार्यक्रम सुरु गर्नका लागि एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरानलाई निर्देशन दिइसकेको उनले बताए । 

अमेरिकाको यो निर्णयसँगै इरानलाई आफ्नो न्युक्लियर कार्यक्रम सुरु गर्नको लागि बाटो खुला भएको उनको भनाइ रहेको छ । यद्यपि उनले यस विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा केही सातामा आफ्ना सहयोगी मुलुकहरुसँग पनि छलफल गर्ने प्रतिक्रिया दिए । 


अमेरिकी राष्ट्रपतिले अहिले गरेको निर्णयसँगै तत्कालै इरानमाथि केही प्रतिबन्धहरु लाग्ने भएका छन् । जसमा ९० दिन र एक सय ८० दिनको दुई किसिमको मापदण्ड राखेर प्रतिबन्ध लाग्नसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ