arrow

ट्रम्प–किम वार्ताअघि पोम्पेओ उत्तर कोरियामा, यस्तो छ कारण  

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
america-north-korea.jpg

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ उत्तर कोरिया भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको बीचमा वार्ता हुने तयारी भइरहेको अवस्थामा उनी बुधबार प्योंगयोङ पुगेका हुन् । 


दक्षिण कोरिया अधिकारीहरुले भने अमेरिकी विदेशमन्त्री केही महिनादेखि उत्तर कोरियाको नियन्त्रणमा रहेका तीन अमेरिकी नागरिकलाई छुटाउन उत्तर कोरिया पुगेको हुनसक्ने जानकारी दिएका छन् । 

अधिकारीहरुले बाताएअनुसार पोम्पेओको उत्तर कोरिया भ्रमणपछि ट्रम्प र किमको बीचमा कुन स्थानमा भेटवार्ता हुने भन्ने कुराको तय हुनेछ । मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियन सर्वोच्च नेता र आफ्नो भेटवार्ताको लागि स्थान र मितिको तय भइसकेको कारण यस विषयमा ठुलो सफलता हासिल हुने विश्वास व्यक्त गरेका छन् । 

मंगलबार पोम्पेओले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफू दुई नेताहरुको बीचमा हुने वार्ता अर्थपूर्ण बनाउने प्रयत्नमा रहेको बताएका हुन् । पोम्पेओले उत्तर कोरियाको भ्रमणको क्रममा तीन जना अमेरिका नागरिकहरुलाई छुटाउनको लागि पनि प्रयास गर्ने बताए । यद्यपि उत्तर कोरियाले उनीहरुलाई छाड्ने विषयमा कुनै पनि किसिमको प्रतिबद्धता भने जाहेर गरेको छैन । 

उनीहरु विगत १७ महिनादेखि उत्तर कोरियामा रहेका छन् । पोम्पेओले यसअघि पनि उत्तर कोरियाको भ्रमण गरेका थिए । उक्त भ्रमणको क्रममा उनले केही उत्तर कोरियन नेताहरुसँग भेटवार्ता गरेका थिए । अहिलेको भ्रमणमा पनि उनले पुरानो भ्रमणको अधुरा कामहरु पूरा गर्ने र ट्रम्प–किम भ्रमणको तारतम्य मिलाउने बताए । 

उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउने विषमयमा भने पोम्पेओले अहिले तत्काल त्यो नहुने बताए । उनले अमरिकाले आफ्नो उद्देश्य हासिल नहुञ्जेलसम्मको लागि उत्तर कोरियामाथिको प्रतिबन्ध नहटाउने जानकारी दिए । यद्यपि अहिले विश्वव्यापीरुपमा उत्तर कोरियालाई आर्थिक प्रतिबन्ध हटाउनुपर्ने पक्षमा वकालत गर्दै आएका छन् । 

पोम्पेओले उत्तर कोरिया भ्रमणको क्रममा कसलाई भेट्ने हो भन्ने विषयमा भने यकिन जानकारी दिएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ