arrow

मोदीका लागि बनाइएको स्वागतद्वार ढल्यो, अभिनन्दन स्थल जलमग्न

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
narendra-modi.jpg

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ ।

हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पुर्‍याएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ ।

जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको छ । कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिरसम्मको बाटोमासमेत ठाउँ–ठाउँमा पानी जमेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ