arrow

व्यापारिक तनाव कम गर्न दोस्रो चरणको वार्तामा बस्दै अमेरिका र चीन

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
donald-trump-xi-jinping-super-tease1.jpeg

एजेन्सी । चीन र अमेरिकाको बीचमा जारी रहेको व्यापारिक तनाव कम गर्नका लागि उनीहरुको बीचमा दोस्रो चरणको वार्ता हुने भएको छ । पहिलो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि उनीहरु दोस्रो चरणको वार्तामा बस्न लागेका हुन् ।

चिनियाँ राष्ट्रपति सि चिनफिङका प्रमुख आर्थिक सल्लाहकार लिउ हे यो वार्ताको लागि आगामी साता अमेरिकाको भ्रमणमा जाने भएका हुन् । उनी अमेरिका पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक टोलीसँगै वार्ता जारी राख्ने छन् । लिउले यसअघि चीनको बेइजिङमा भएको पहिलो चरणको वार्तामा पनि चिनियाँ टोलीको नेतृत्व गरेका थिए ।

अहिले चीन र अमेरिका आफूहरुको बीचमा रहेको व्यापारयुद्ध अन्त्य गर्ने प्रयासमा रहेका छन् । दुई मुलुकहरुले एकअर्काका सामग्रीहरुमा भारी कर बढाउने योजना ल्याएसँगै उनीहरुको बीचको व्यापारिक तनाव बढेको हो । यो वार्ताको विषयमा अधिकारीहरुले अहिले आफूहरु सबैका लागि निकै महत्वपूर्ण हुने किसिमको योजनाको लागि अघि बढिरहेको बताएका छन् ।

यद्यपि यो वार्ताको विषयमा थप कुनै जानकारी भने उपलब्ध गराइएको छैन । दुवै मुलुकहरु केही मुद्दामा भने अझै पनि सहमत हुन नसकेको कारण पहिलो चरणको वार्तामा सम्झौता हुन नसकेको हो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिकाको यो वार्तालाई टुङ्गोमा पुर्‍याउने चाहनाको आफूहरु सम्मान गर्ने र यो वार्ताको लागि निकै सकारात्मक कुरा रहेको बताएका छन् ।

दुई मुलुकहरुको बीचमा यसअघिको वार्तामा सन् २०२० सम्मको अवधिमा अमेरिकी व्यापारघाटा दुई खर्ब अमेरिकी डलरमा झार्ने सहमति भएको थियो । सि चिनफिङको आर्थिक टोलीमा लिउ आर्थिक नीति निर्माणको हिसाबमा सबैभन्दा महत्वपूर्ण पात्र हुन् । उनी चिनियाँ राष्ट्रपतिका मिल्ने साथी पनि हुन् । लिउ कम्युनिष्ट पार्टीको पोलिट्ब्युरो सदस्य हुन्, जुन प्रमुख नीति निर्माणको सबैभन्दा महत्वपूर्ण समिति हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ