arrow

कंगोमा फेरि देखियो इबोला, १७ को ज्यान गयो

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
drc-ebola-2014.jpg

सेरेना लियोन । डेमोक्रेटिक रिपब्लिक अफ क्रगोमा फेरि पनि इबोला भाइरसको संक्रमण देखिएको छ । सन् २०१४ मा हजारौं अफ्रिकी मानिसहरुको ज्यान लिने गरी देखिएको यो भाइरस यसवर्ष कंगोमा फेरि पनि देखिएको हो ।

एजेन्सी । कंगोमा अघिल्लो वर्ष इबोला भाइरस उन्मूलनको घोषणा गरिएको भए पनि यस वर्ष फेरि पनि सो भाइरसको कारण १७ जना मानिसहरुको ज्यान गएको देखिएको हो । अघिल्लो वर्ष पनि कंगोमा यो भाइरसको कारण आठ जना मानिसहरुको ज्यान गएको थियो । त्यसपछि मुलुकमा इबोला भाइरस उन्मूलनको घोषणा गरिएको थियो तर फेरि पनि इबोला भाइरसको कारण १७ जना मानिसहरुले ज्यान गुमाएको देखिएको हो ।

कंगोलको मन्त्रालयले सार्वजनिक गरेका विवरणअनुसार इबोला सक्रिय रहेका विभिन्न पाँच स्थानमा गरिएको परीक्षणमा दुई स्थानमा जाइर स्ट्रेन नामक इबोला भाइरस देखिएको हो । पछिल्लो पाँच सातामा कंगोमा २१  किसिमका इबोला हुनसक्ने किसिमको विरामीहरु देखिएका छन्, जसमध्ये १७ को ज्यान गएको हो ।सन् २०१४ मा देखिएको प्रमृुख इबोला भाइरसमा प्रभावित भएयता कंगोमा त्यतिधेरै यसको प्रभाव भने देखिएको थिएन । सुरुवातमा भने यो भाइरसले पश्चिमी अफ्रिकाका हजारौं मानिसहरुको ज्यान लिएको थियो ।

इबोला सुरुमा सन् १९७६ मा कंगोमा देखिएको थियो । कंगोका स्वाथ्य मन्त्रालयले यस विषयमा मन्त्रालयबाट उल्लेख्य प्रक्रिया चालिने र यसलाई उन्मूलन गरिने बताएको छ । कंगोको आधिकारिक मन्त्रालयले भने अहिले आफूहरुसँग आवश्यक मात्रामा तालिमप्राप्त इबोला उन्मूलन गर्नसक्ने मानिसहरुको पनि अभाव रहेको कारण पनि समस्या आएको बताएको छ ।

इबोला भाइरस चमेराहरुको कारण लामो दूरीसम्म फैलिने गरेको अनुमान गरिँदै आएको छ । चमेराहरु यो भाइरसले नमर्ने भएको कारण पनि उनीहरुले यो भाइरस धेरै स्थानमा फैलाउन सक्छन् । अहिलेसम्म आधिकारिक रुपमा कुनै पनि औषधि यो भाइरसको लागि निस्किएको छैन तर आंशिकरुपमा भने नयाँ थेरापीहरु विकास हुने क्रममा रहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि इबोला उन्मूलनको लागि उल्लेख्य कदमहरु चालिरहेको बताएको छ । उसले यो भाइरस पूर्णरुपमा हटाउनका लागि १० लाख अमेरिकी डलरबराबरको रकम निकासा गरेको छ । संगठनले आगामी तीन महिनामा इबोला सबैक्षेत्रमा पूर्णरुपमा उन्मूलन गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ