arrow

आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै प्रहरी वृत्त थिमि घेराउ

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
bhaktapur.png

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मंगलवार स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ ।  ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक आक्रमण भएका थिए । स्थानीय बासिन्दाको आह्वानमा भएको र्‍याली तथा प्रदर्शनपछि प्रहरी वृत्त थिमि घेराउ गरिएको हो ।

मध्यपुरथिमि बालकुमारीबाट शुरु भएको विरोध र्‍याली, दुईपोखरी, बाहाखा बजार, नगदेश परिक्रमा गर्दै प्रहरी वृत्त थिमि पुगेर घेराउ गरेको छ ।

प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनसँग भेट गरी आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेको स्थानीयवासी विरोध समितिका सदस्य नवीनप्रकाश श्रेष्ठले जानकारी दिए ।  थिमिका बासिन्दाले १५१ सदस्यीय विरोध समिति गठन गरेर घटनाको विरोध गर्दै आएको बताए  ।

श्रेष्ठको घरमा राखिएको सिसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको र घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरीले मुख्य आक्रमणकारीलाई अझै पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् ।

स्थानीयवासीले र्‍याली र प्रहरी वृत्त थिमि घेराउ गर्र्दै ‘दोषीलाई तत्काल पक्राउ गर्, आक्रमणकारीलाई कडा कारबाही गर, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे’ लगायतका नारा लेखिएको प्ले कार्ड बोक्दै प्रदर्शन गरेका थिए ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै आक्रमणकारीको पहिचान भइसकेकाले केही दिनभित्रै पक्राउ पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ