arrow

मुहान विवादका कारण खानेपानी आयोजना प्रभावित

logo
दयाराम पण्डित,
प्रकाशित २०७५ वैशाख २६ बुधबार
bajura-district.png

बाजुरा । बाजुराको  बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाको वडा सिमाना विवाद हुंदा सल्लेनीको बृहत खानेपानी योजना प्रभावित भएको छ । १सय १० परिवारलाई  लक्षित गरी निर्माण गर्न थालिएको उक्त आयोजनाको लिणेमेला पानी मुहान गौमुल गाउँपालिकाको  वडा नं६ पर्ने दावी गरेपछि पानी विवाद भएको हो ।

  साविकको जुगाडा गाविस वडा नं २ का पटालले चलनभोग गर्दैआएको वन क्षेत्रको पानी सटेडीलाई अपुग हुने भन्दै सल्लेनीलाई पानी   ल्याउन रोक लगाएको बडिमालिका नगरपालका वडा नं १का वडा अध्यक्ष राम वहादुर कार्कीले वताए। “ सल्लनेमा पानीको श्रोत नहुंदा आठ किलोमिटर टाडा वाट पानीजोह गर्न लागेका हौं , सटेडाकालागि नौलापानी मुहान वाट ६३ एम एमको पाईपमा ३५ वटा धाराका लागि  खानेपानी आयोजना निर्माणाधिन छ । हामीले अर्को मुलबाट पानी लिन खोजेका छौं । तर, छिमेकीले  सिमानाविवाद बल्झाएर  खानेपानी निर्माणमा अवरोध गरेको  वडाअध्यक्ष कार्कीले गुनासो गरे । बारम्वार छलफलमा छौ , सहमती भएको छैन । हामीले स्वच्छ खानेपानी पिउन पाउनुपर्छ अध्यक्ष कार्कीले भने। ”

 बारम्वारको अनुरोधपछि  नेपाल सरकार जलश्रोत  मन्त्रालय स्तरवाटै  ८० लाख रुपैंया वरावरको योजना आएको डिभिजन खानेपानी तथा सरसफाई कार्यालय प्रमुख  कृष्णबहादुर वोगटीले वताए । सल्लेना खानेपानी आयोजनाका लागि डिजाईन ईस्टिमेट सहित अन्तिम  सर्भे गरी काम सञ्चालन गर्ने अवस्थामा विवाद आएको  खानेपानी कार्यालय प्रमुख वोगटीले वताए । “आपसमा मिलेर कामगरे  सटेडा र बडिमालिका दुवै वडालाई खानेपानीको प्रसस्त श्रोत छन् , अलग–अलग मुहान भएका कारण  प्राविधिक दृष्टीले कुनै असर पर्दैन  कार्यलय प्रमुख वोगटीले भने।

 नौलापानी मुहानबाट ल्याएको पानी ६३ एमएमको पाईपाईपमा याउदा पनि ओभरफ्लो भएको छ । रिर्जवाई पानीटंकी छन् , सटेडीलार्ई पानी नपुग्ने हैन अन्य कुनै कारण हुनसक्छ  खानेपानी प्रमुख बोगटीले भने ।  ”
 यद्येपी वडिमालिका नगरपालिका,  जिल्ला वनकार्यालय, डिभिजन खानेपानी कार्यालयको सिफारिसमा,जिल्ला समन्वय समितीको जलश्रोत व्यस्थापन समितिमा  सल्लेजना खानेपानी सरसफार्ई उपभोक्ता समिती दर्ता भईसकेकोछ । सल्लेनावासीलाई नजिकमा पानीको श्रोत नहुंदा  एक घण्टाको पैदल दुरी हिडेर बुडिगंगा विगत देखि बुडिगंगा नदीमा नुहाउनु र  कुवाको पानी पिउन विकल्प छैन ।

गौमुलवासीले  आफ्नो  क्षेत्राधिकार भित्रको पानी मुहान  बमिालिका नगरपालिकालाई  प्रयोग गर्न नदिने मनसाय हुनसक्छ तर , त्यसो नहुने  विज्ञले वताउकाछन् ।  सटोका जनतालाई खानेपानी पुगेको छैन  त्यसैले वाहिर पानी दिन नचाहेका हौं ,तैपनि हामी दुवै गाउँका वासिन्दा सुक्रवार सम्म एकपटक पुनः वसेर विवादको समाधान गर्न तर्फ लाग्नेछौं गौमुल गाउँपालिकाका वडाअध्यक्ष प्रकाश रोकायाले भने ।

 बडिमालिका नगरपालिका वडा नं २ का वडाअध्यक्ष डम्मर महतले भने सटेडावासीले पानीको श्रोत अभाव देखाएकाछन् दुबै पक्षलाई लिएर आउदो शुक्रवारसम्म  पानी मुहानमै जानेछौं त्यसपछि समाधान निस्किन्छ । “पानी, विजुली, सडक यातयात सबैका लागि आवस्यक संरचना हुन  विवादभन्दा आपसीसहकार्यमा मा नै समाधान गर्न आवस्यक छ वडा अध्यक्ष महतले भन्नु भयो ।  स्थानीय तहको हकअधिकार संगै क्षेत्रधिकारको प्रयोग गर्न खोज्दा यस्ता तमामसमस्या आउनसक्छन आपसी समझदारीमा समाधान गर्न उचित देखिन्छ स्थानीयको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ