arrow

नक्कली पेस्तोल देखाइ गुण्डागर्दी गर्ने गुरुङ पक्राउ

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
gun-1231.jpeg

काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा होटल व्यवसायीलाई पेस्तोल देखाई डर, त्रास, धाँक, धम्की देखाई रकम माग गरेको भन्ने सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको बताए  ।

“गुरुङले विभिन्न होटल तथा रेष्टुरेन्टमा खाएको पैसासमेत नतिरी हिँड्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ,” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ