arrow

'मोदीले जानकी माताको दर्शनबाट थप उर्जा पाउनेछन्'

भारतीय प्रमका साथमा प्रम केपी ओली हुनाले खुशी थपिएको

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
Janaki_Mandir_Janakpur.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको भ्रमणको तयारिकालागि नेपाल सरकार ब्यस्त रहेको छ। संघिय सरकार सँगै प्रान्तीय सरकार पनि तयारीमा ब्यस्त रहेको छ। 

जनकपुरधाम र काठमाडौंमा भारतीय प्रमको नागरिक अभिनन्दनका लागि तायरी तिब्र रहेको छ। सामाजिक संजालहरुमा अभिनन्दनको बिषयलाई लिएर रोषहरु पनि प्रकट भैरहेका छन्। सामजिक संजाल प्रयोगकर्ताहरुले 'नाकबन्दी' सम्झींदै अभिनन्दनको बिरोध गरिरहेका छन्। 

भारतीय प्रम जनकपुर हुँदै काठमाडौं आउने योजना रहेको छ। जनकपुरमा उनको नागरिक अभिनन्दन हुने छ जस्मा नेपालका प्रधानमन्त्री केपी ओली पनि संगै रहनेछन्। जनकपुर सिंगार्ने र सजाउने काम तिब्र गतिमा बढिरहेको छ। शहरमा जताततै मोदीको भ्रमण र जनकपुरको समृद्दीबारे स्थानीयहरु गफ गरिरहेका भैटिन्छन्। 

यसअघि भारतका तीन राष्टरपतिले जनकपुरको भ्रमण गरिसकेका छन्। सबै राष्ट्रपतिहरु जानकी मन्दिर दर्शन गर्नकालागि आएका थिए। नीलम सञ्जिवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई जानकी मन्दिरले स्वागत गरिसकेको छ। 

जानकी मन्दिरका महन्थ रामरोशन दास भन्छन् ' मोदी विश्व प्रसिद्ध नेता हुन र उनी यहाँ आउने कुराले जनकपुरबासी उत्साहित हुनु स्वभाविक हो'।  दासले अघाडी भने ' भारतीय प्रमका साथमा प्रम केपी ओली हुनाले खूशी थपिएको छ।'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवद्र्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप सो परियोजनाको शुभारम्भ हुन लागेको हो ।

भारतीय प्रमको स्वागतमा अहोरात्र खटिरहेका जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह भन्छन 'जनकपुरकालागि यो ऐतिहासिक क्षण हो। मोदी जनकपुर भ्रमण गर्ने भारतका प्रथम प्रम हुन।' 

भारतीय प्रमले जनकपुरकालागि केही सहयोग गर्ने कुरामा मेयर साह भन्छन ' यो धार्मिक भ्रमण हो। हामी अतिथिको सत्कार गर्छौं र जानकी मन्दिरको दर्शनले उहाँले थप उर्जा प्राप्त गर्नु हुनेछ। त्यसमा हामी सन्तुष्ट हुनेछौं ।' 

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्र्रदेशवासीलाई आग्रह गरेका छन् ।  भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानीले भरिएको पूजा कलश राख्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।  

परराष्ट्रमन्त्रि प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्ने  कार्यक्रम रहेको जानकारी दिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अयोध्या बस सेवा र रामायण परिपथ परियोजनाको शुभारभ्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए ।

उनले जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली जानकी मन्दिरको कार्यक्रम सम्पन्नपछि काठमाडौँ फर्किने र भारतीय प्रधानमन्त्री मोदी जनकपुर उपमहानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ