arrow

ब्राउन सुगरसहित चार पक्राउ

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
drug.jpeg

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्कको आकाशे पुलमुनि बिक्री  वितरण भइरहेको अवस्थामा ब्राउन सुगर सहित चार जना मानिसहरुलाई पक्राउ गरेको छ । सोमबार राति करिब साढे नौ बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  उनीहरुलाई १३ दशमलव ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट एक लाख ३० हजार नगदका साथै पाँच थान मोबाइल बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरुमा बर्दिया राजापुर–४ स्थायी घर भएका ३० वर्षीय पंकज पुरी, नुवाकोट बागेश्वरी–५ स्थायी घर भएका १८ वर्षीय प्रदीप लामिछाने, गोरखा आरुचनौट–१ घर स्थायी घर भएका किरण श्रेष्ठ र बर्दिया मधुवन–५ स्थायी घर भएका २८ वर्षीय थिरबहादुर बस्नेत रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ