arrow

उपराष्ट्रपतिका छोराले साउदीको जेलमा रहेका पुन र घर्तीलाई झिकाउने

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
Nanda-Kishor-pun-and-son-dipesh-pun.jpg

काठमाडौं। उपराष्ट्रपति नन्द बहादुर पनका छोरा एवम् समाजसेवि दीपेश पुनले ब्लड मनिको अभावमा साउदीको जेलमा रहेका गोरखाका कुमार पुन र रोल्पा निवासी दिलबहादुर घर्तीलाई केही समय मै नेपाल झिकाउने पीडित परिवारलाई वचन दिएका छन् ।

रिपोर्टर्स क्लबमा दिल बहादुर घर्ती कुमार राना बचाउ अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली समाजभित्रको फरक समाजका रुपमा रहेको लोपोन्मुख राउटे समुदायका बिरामी यूवाहरुको उपचार त गर्न सफल भएको भन्दैसमाज सेवि एवम् माओवादी केन्द्रका यूवा नेता पुनले कुमार राना र दिल बहादुरको जीवन सकुसल नेपाल ल्याउने बताएका हुन ।  

उनले भने, ‘कुमार राना र दील बहादुर दाईको परिवारले ढुक्क हुनुस् म उहाँहरुको उद्धारमा लागि सकेको छु, केही समय पर्खिनुस् हाम्रो अभियानले सार्थकता पाउने छर यसै रिपोर्टर्स क्लबमा तपाईका श्रीमान तपाईलाई हस्तान्त्ररण गर्नेछौं, तपाईको ओठको हाँसो फर्काउने छौं।’

कार्यक्रममा क्लबका अध्यक्ष ऋषि धमलाले विदेशी जेलहरुमा रहेका सम्पूर्ण नेपाली यूवाहरुलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् । सञ्चारक्षेत्रबाट आफ्नो साथ सहयोग रहेको भन्दै एउटा नेपालीलाई परेको दुखमा अर्को नेपालीले साथ दिनुपर्नेमा जोड दिए ।

उनले भने,‘साउदी होस्, या मलेसिया, अर्को कुनै देश नै किन नहोस्, विदेशमा बस्ने यूवाहरुले पठाएको रिमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको छ, यस्तो स्थितिमा सरकारले आफ्ना यूवाहरुले भोगिरहेको दुखलाई हेर्ने कि नहेर्न, कुमार राना र दिल बहादुरको रक्षाको लागि साथ सहयोग गर्न सम्पूर्ण नोपलीहरुलाई आग्रह गर्दछु ।’
कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष नविन घर्ती मगरले आवश्यकतामा रगत दिने नेपालीहरुले विदेशका जेलमा जीवन बिताईहरको आफ्न्तलाई स्वादेश फिर्ता गर्ने कुरामा साथ सहयोग हुनेमा आफू ढुक्क रहेको बताए ।

उनले भने,‘दीपेश पुन जस्तो समाजसेवी यूवा यस अभियानमा जुटेका छन्, मैले पनि मगर संघ, जनजाती संगठनहरुलाई कुमार राना र दिल बहादुर घर्तीको उद्धारको लागि सहयोगमा जुट्न निर्देशन दिईसकेको छु ।’
गत असोज १० गतेदेखि साउदीको जेलमा रहेका कुमार रानाको श्रीमती अम्बिका रानाले आफ्नो श्रीमानलाई बचाउनको लागि आग्रह गरेकी छन् ।

उनले भनिन्,‘मेरो श्रीमान २०७२ सालमा विदेश जानु भएको हो, उहाँले चलाउने ट्रक रोकेर राखेको स्थितिमा साउदी नागरिकले चलाएको कार ठोक्यिो र घाईते बन्नु भएको साउदी नागरिकको कम्पनिले नै उपचार गर्यो, त्यसपछि पनि त्यो नागरिककले अदालतमा मुद्धा हालेर मेरो श्रीमानलाई ब्लडमनि तिर्ने स्थीतिमा पारेको छ,।’
त्यस्तै दील बहादुर घर्तीकी श्रीमति मोनिका बुढाले साउदीको चिसो छिडिमा रहेका श्रीमानको उद्धार गर्नमा साथ दिनको लागि आग्रह गरेकी छन् । उनले भनिन्,‘मेरो श्रीमान २ वर्षदेखी जेलमा हुनुहुन्छ, पछाडीबाट आएको गाढिले ठक्कर दिएर दुर्घटना भएको थियो, त्यसपछि उहाँलाई साउदी भाषाको सम्झौता पत्रमा हस्ताक्षेर गराएको र फसाएको हो, पैसाको खाँचो छ, म गरिब छु, बालबच्चा साना छन् ।’

रानाको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेहरुले प्रभु बैंक कलंकी शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३९ ०१००१००६५६९०००००१ मा पनि रकम जम्मा गर्न र दिल बहादुर घर्तीको लागि सहयोग गर्नेले नेपाल राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखामा रहेको ११९००२८६०७१० मा सहयोग गर्न सकिने अभियानका सचिव जीवन रोका मगरले जानकारी दिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ