arrow

हिन्दु राष्ट्रको एजेण्डा सशक्त ढंगले उठाउने कांग्रेस नेताहरुको रणनीति

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
purna-bahadur-khadaka.png

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले जीवन पर्यन्त उठाएको हिन्दु राष्ट्रको एजेण्डालाई मुर्तरुप दिनका लागि महामन्त्री पुर्णबहादुर खड्काको टिम सक्रिय रुपमा लागेको छ ।

मंगलबार महामन्त्री खड्काको निजि निवास हात्तिगौडामा बसेको वैठकमा उपस्थित नेताहरुले अब थप एकजुट भएर हिन्दुराष्ट्रको एजेण्डालाई पार्टी र जनतामाझ लानुपर्ने धारणा राखेका थिए।

वैठकमा महामन्त्री खड्का सहित केन्द्रिय सदस्यहरु देवेन्द्रराज कंडेल, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, पुष्ष भुसाल उपस्थित थिए । त्यस्तै राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेश न.३ का संसदीय दलका नेता इन्द्रबहादु बानियाँ, पुर्व सांसद राजु थापा र महासमिति सदस्य तथा युवा नेता मिनकृण्ण महर्जन सहभागि थिए। स्वर्गीय खड्काको धार र उनको मार्गदर्शन अवलम्बन गर्न पनि सशत्त रुपले लाग्ने सहमति भएको सहभागि एक नेताले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ