arrow

संस्था दर्ता ऐन खारेज गर्न माग

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
Office_of_company_registrar_Nepal1.jpg

धनगढी । गैरसरकारी संघसंस्थालाई समयानुकूल र व्यवस्थित गर्न नयाँ ऐन आवश्यक रहेकामा सरोकारवालाले आवाज उठाएका छन् ।  गैरसरकारी संघसंस्थाको छाता संगठन गैसस महासंघको बुधवार यहाँ भएको प्रदेश नं ७ स्तरीय नागरिक भेलाका सहभागीहरूले संस्था दर्ता ऐन २०३४ खारेज गरी समय अनुकूल सामाजिक विकास ऐन ल्याउन माग गरे ।

देशको कानूनबमोजिम दर्ता भएका गैससहरूलाई नीतिगतरुपमै विकास साझेदार बनाउन जरुरी भैसकेको भन्दै सहभागीहरूले यसका लागि नयाँ ऐन ल्याउन माग गरे ।  भेलाले जारी गरेको ११ बुँदे घोषणापत्रमा देशको साँस्कृतिक, आर्थिक, सामाजिक, आर्थिक र शैक्षिक विकासका लागि सरकारसँग मिलेर जान तयार रहेको उल्लेख गरिएको छ ।

भेलाले प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि भेदभावरहित विकास रणनीति बनाउन आग्रह गरेको महासंघका प्रदेश सचिव टेकराज पाण्डेयले जानकारी दिए ।

प्रदेशमा क्रियाशील ३५० गैरसरकारी संस्थाहरू रहेका छन् । प्रदेशका नौवटै जिल्लाबाट १७५ जनाको सहभागिता रहेको यस भेलाले यस क्षेत्रका सबै विकास साझेदार, गैसस, फेडेरेशनसहितको साझा दिगो विकास मञ्च गठन गर्ने निर्णय गरेको सचिव पाण्डेयले बताए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ