arrow

पार्टी एकता लगायतका विषयमा ओली र प्रचण्डबीच छलफल

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
oli-prachanda.jpg

काठमाडौँ । पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिई एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सोबारे निर्णय लिने बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनिहरुबीच ती विषयमा छलफल भएको र त्यो सकारात्मक रहेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ