arrow

महाथिर विश्वकै सबैभन्दा जेठा विजेता नेता, फेरि बन्दै मलेसियाका प्रधानमन्त्री  

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
mahathir-mohamad.jpg

काठमाडौं । आधुनिक मलेसियाका पिता पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता बन्न सफल भएका छन् । उनी ९२ वर्षको उमेरमा उम्मेदवार भई विजेता बनेका हुन् । उनी नै फेरि प्रधानमन्त्री बन्ने पक्का भएको छ । 

मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । विपक्षी गठबन्धनले ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

२२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको विपक्षी गठबन्धनले ११५ सीटमा जितेको छ । यो संख्या सरकार बनाउनका लागि आवश्यक ११२ भन्दा बढी हो ।

६२ सालदेखि सत्तामा रहेको बारिसन नेशनल (बीएन) गठबन्धनलाई हराएलगत्तै महाथिरले आफूहरु बदलाभन्दा कानूनी शासन स्थापित गर्ने बाटोमा केन्द्रित हुने प्रतिक्रिया दिए ।

महाथिर पनि बारिसन नेशनल दलबाटै यसअघि प्रधानमन्त्री बनेका थिए । वर्तमान प्रधानमन्त्री नजीब रजाकलाई महाथिरले नै सत्ता सुम्पिएका थिए । तर पछिल्लो समय उनी भ्रष्टाचारलगायतका मुद्दामा उनले प्रधानमन्त्री नजीब रजाकको कडा आलोचना गर्दै विपक्षी गठबन्धन बनाएका थिए ।

Pakatan Harapan supporters in Kuala Lumpur

Najib Razak voting in the election (9 May 2018)

Women vote in Alor Setar, Malaysia



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ