arrow

इजरायलमाथि इरानको सीधा रकेट आक्रमण, बढ्यो युद्धको खतरा 

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
rocket-attack.jpg

एजेन्सी । इरानले इजरायलमाथि पहिलापटक प्रत्यक्ष आक्रमण गरेको छ । विहीबार उसले सिरियाबाट इजरायलमा रकेट आक्रमण गरेको हो । यससँगै युद्धको खतरा मडारिएको हो । 

इजरायली अधिकारीहरुले दिएको जानकारीअनुसार यो आक्रमणबाट सामान्य केही क्षति भएको भए पनि कुनै पनि हताहती भने नभएको जानकारी दिएका छन् । 

इजरायली अधिकारीहरुले यसको कडा सैन्य उत्तर फर्काउने चेतावनी पनि दिएका छन् । यद्यपि इरानको तर्फबाट एक्कासी यस किसिमको आक्रमण हुनुलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौताबाट बाहिरिने निर्णय गरेको भोलिपल्ट यस किसिमको घटना भएको हो । 

इरानको संसदमा पनि अमेरिकाको यो कार्यको घोर विरोध गरिएको थियो । इजरायलले अमेरिकाको साथ दिँदै आएको कारण इरानले इजरायलमाथि आक्रोश पोखेको हुनसक्ने विश्लेषकहरुले बताएका छन् । 

इजरायलले विहीबार इरानियम फोर्सले २० ओटा रकेट आक्रमण गरेको र त्यसमध्ये केहीलाई भने आकाशमै निस्तेज पारिएको जानकारी दिएको छ । इरानले इजरायलको विवादित क्षेत्र गोलान हाइट र आईरोन डोम सुरक्षा प्रणालीमा आक्रमण गरेको बताइएको छ । 

यसको प्रतिक्रियामा सिरियाको राजधानी सहर दमास्कसमा पनि इजरायली जेटले आक्रमण गरेको थियो । सिरियन हवाई सुरक्षाबलहरुले रातभर फायरिङ्ग जारी राखेका थिए । इजरायली अधिकारीले अहिलेको युद्धको लक्ष्य सिरियामा बढ्दो क्रममा रहेको इरानको प्रभाव कम गर्नु रहेको बताएका छन् । 

सिरियाले पनि इजरायलबाट आएको ३० भन्दा बढी मिसाइलहरु रोकेको दाबी गरेको छ । यसैबीच उत्तरी इजरायलको म्युटा सहरका मानिसहरुलाई सरकारले सुरक्षित क्षेत्रमा जानका लागि आग्रह गरेको छ । 

अहिले इरानले आक्रमण गरेको गोलान हाइट इजरायल र सिरियाको सीमाक्षेत्रमा रहेको छ । जुन चार सय ६० वर्ग माइलको रहेको छ । सन् १९६७ मा इजरायलले यसलाई आफ्नो नियन्त्रणमा लिएको थियो । सन् २००० मा यो क्षेत्र फिर्ता गराउनका लागि इजरायल र सिरियाको बीचमा वार्ता पनि भएको थियो तर सो वार्ता फलदायी भने हुन सकेन । 

सञ्चारमाध्यमहरुमा बताइएअनुसार इजरायलले यो आक्रमणलाई भिन्न किसिमले हेरिरहेको छ । उसले यसको प्रतिक्रिया दिइसकेको भए पनि यस विषयमा थप विवरणहरु जारी भने गरेको छैन । जसको कारण पनि यो घटना यतिमै सकिने सम्भावना निकै कम रहेको बताइएको छ । 

सिरियाको समाचार संस्था सानाले दिएको विवरणअनुसार इजरायलले आक्रमण गरेको १० ओटा रकेट सिरियन सेनाले ध्वस्त पारेको छ । यस विषयमा आफू केही पनि बोल्न नचाहने इजरायली सेन्य विभाग प्रवक्ताले बताए ।

The Israeli Iron Dome defense system is seen above on the Golan Heights attempting to intercept suspected Iranian missiles being launched from Syria

Israel said Iranian forces had fired 20 artillery rockets at their military bases in the disputed Golan Heights and that their Iron Dome defence system had intercepted a number of them

Long-exposure photographs showed Israeli artillery launched to intercept projectiles fired from Syria early today



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ