arrow

अपांगता भएका व्यक्तिहरुको मानवअधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
apangata2.jpg

काठमाडौं । अपांगता भएका व्यक्तिहरुको मानवअधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । दुई दिने सम्मेलनमा देशभरबाट प्रतिनिधिहरु आएका छन् । 

त्रिपुरेश्वरमा भइरहेको सम्मेलनको उद्घाटनमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदी लगायतले अपांगता भएकाहरुका मानव अधिकार र हकहितका बारेमा आफ्नो धारणा राखे । 

कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको मानवअधिकार कार्यान्वयनका चुनौतीलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र पेश भई छलफल हुनेछ । 

साथै, संयुक्त राष्ट्रसंघीय अपांगतासम्बन्धी समितिमा नेपाल प्रतिवेदन र प्राप्त सुझावका विषयमा पनि छलफल भई काठमाडौँ घोषणापत्र जारी हुनेछ । 

कार्यक्रममा पहिलो सत्रमा प्रादेशिक प्रस्तुति हुनेछ । जसमा अपांगता भएका व्यक्तिहरुको अधिकारको वर्तमान अवस्था, चुनौती र सुझावबारे छलफल हुनेछ । 

विभिन्न सात सत्रमा विभिन्न व्यक्तिले धारणा राखी त्यसबारे वृहत छलफल हुनेछ । 

सम्मेलनको राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपांग महासंघको संयुक्त आयोजनामा भइरहेको हो ।
Image may contain: one or more people and indoor

Image may contain: 20 people

Image may contain: 12 people, people sitting and indoor

Image may contain: 10 people, people sitting



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ