arrow

तीन अमेरिकी नागरिक उत्तर कोरियाबाट मुक्त

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
three-american-north-korea.jpg

एजेन्सी। बुधबार उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई मुक्त गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ उनीहरुलाई छुटाउनका लागि उत्तर कोरिया पुगेका थिए।  उत्तर कोरियाले मुक्त गरेका तीन अमेरिकी नागरिकहरु एन्ड्रुस एयर फोर्सको विमानबाट अमेरिका पुग्नेछन् जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरुको स्वागत गर्नेछन्। अमेरिकाले उनीहरुलाई दुई मुलुकको बीचमा बढिरहेको सद्भावको आधारमा मुक्त गरिएको जानकारी दिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनको बीचमा भेटवार्ताको तयारी भइरहेको अवस्थामा उनीहरुलाई मुक्त गराइएको हो। अहिलेसम्म उत्तर कोरिया र अमेरिकाका राष्ट्रप्रमुखको बीच भेट हुने स्थानको भने तय भइसकेको छैन। अबको तीन दिनभित्र उनीहरुको बीच भेट हुने स्थानको तय हुने बताइएको छ। 

अहिले सार्वजनिक गरिएका नागरिकहरुमा किम हाक सोङ, टोनी किम र किम डोङ चुल रहेका छन्। उनीहरुले एक विज्ञप्ति जारी गर्दै आफूहरुलाई आफ्नो घरमा ल्याएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री माइक पोम्पेओ र अमेरिकी जनताहरुमा आभार प्रकट गरेका छन्।

उनीहरुले उत्तर कोरियाबाट फर्किनु पाउनु आफूहरुले ठुलो भाग्य रहेको बताएका छन्। ट्रम्पले उनीहरुको रिहाइको विषयमा ट्वीट गर्दै उनीहरु स्वस्थ रहेको र यसले उत्तर कोरियासँगको आगामी बैठक थप प्रभावकारी बनाउनको लागि सहयोग पुग्ने बताएका छन्।

उक्त तीन मानिसहरुलाई उत्तर कोरियाले मुलुकको नियमविरुद्धको काम गरेको आरोपमा पक्राउ गरेर श्रमिक क्याम्पमा राखेको थियो। किम जोन उनले पनि अमेरिकाको पस्ताव स्वीकार गर्दै अहिलेको अवस्थामा सुधारको लागि यो निकै प्रभावकारी पहिलो कदम रहेको बताएका छन्।

अहिले मुक्त गराइएका तीनमध्ये एकजना सन् २०१५ मा पक्राउ परेका थिए भने बाँकी दुई जना एक वर्षअघि पक्राउ परेका थिए। दक्षिण कोरियाले पनि यो कार्यको प्रशंसा गरेको छ। यसले सकारात्मक संदेश दिएको दक्षिणको बुझाइ छ। साथै उसले आफ्ना छ जना नागरिकहरुलाई पनि रिहा गर्नको लागि उत्तरसमक्ष आग्रह गरेको छ। कमिटि फर ह्युमन राइट्स इन नर्थ कोरिया (एचआरएनके)ले अहिले उत्तर कोरियामा कुनै पनि पक्रियाविना बन्दी बनाइएका एक लाख २० हजार मानिसहरु रहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ