arrow

विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
employment-india.jpg

नुवाकोट। वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन्। मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको दाबी गर्न हकदार एवं आफन्त नआएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राम्जी लम्सालले जानकारी दिए।

उनको अनुसार २०६९ सालदेखि हालसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेशमा ज्यान गुमाएका १२ जनाको रु सात लाख ८५ हजार रकम प्रशासनको खातामा थन्किएको छ। “वैदेशिक रोजगारीमा रहँदा दुर्घटना तथा भवितव्य मृत्यु भएका व्यक्तिको लागि कम्पनीले क्षतिपूर्तिबापतको रकम प्रशासनमार्फत हकदारलाई उपलब्ध गराएको छ।” लम्सालले भने, “रकम आएको जानकारी मृतकको ठेगानाका हकदार देखिएकालाई पत्र र हकदार पहिचान नहुँदा आफन्तलाई विभिन्न माध्यमबाट जानकारी गराए पनि रकम लिन आएका छैनन्।”

प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०६९ र ७० मा ज्यान गुमाएका चारजना र आव २०७२ देखि चालू आवसम्म आठजनाको रकम प्रशासनको खातामा नै थन्किएको हो। पछिल्लो दुई वर्षमा नुवाकोटबाट वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ जनाको क्षतिपूर्ति रकम प्रशासनमा आएको थियो।

लेखापाल लम्सालका अनुसार ज्यान गुमाउनेको क्षतिपूर्ति रकम कम्पनी नियमअनुुसार रु १० हजारदेखि रु ५५ लाख ४० हजारसम्म आएको छ। कम्पनीको वर्गीकरण, बीमा, मृत्युको कारण, कानूनी उपचारलगायतले क्षतिपूर्ति रकम फरक फरक आउने गरेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ