arrow

तस्कर तस्करीमा व्यस्त, बन कार्यालय घटना मिलाउदै

logo
देवानन्द न्यौपाने
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
20180510_205346.jpg

कैलाली । केही दिनयता अबैध रूपमा काठ तस्करीका घटना बढ्न थालेका छन । एकपछि अर्को गरि महिना दिन नबित्दै तस्करीका घटना  बढ्न थालेका हुन । बिहीबार कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानीकुण्डामा बेवारिसे अवस्थामा सालको गोलिया भेटिएको छ । 

स्थानीयले खबर गरेपछि गस्तीमा गएको ईलाका बन कार्यालयको रामपुर बौनियाको टोलीले स्थानीय लाल बहादुर साउदको घर अगाडि खुल्ला रूपमा राखिएको अवस्थामा सो सालको गोलिया बरामद गरेको जनाएको छ। 
ईलाका बन कार्यालयका रामपुरका फरेस्टर पुरन बुढाले दिएको जानकारी अनुसार विशेष सुराकीको आधारमा बन कार्यालयमा प्रमुखलाई जानकारी आएपछि गस्तीमा गएको बताए । 'हाम्रो हाकिम साबलाई स्थानीयले गोलिया राखिएको छ भनेर खबर गरेपछि गस्ती गरिएको हो ।' बुढाले भने। भेटिएको गोलियाको गोलार्ध ७० क्यू फिट रहेको उनले बताए । 

बरामद गरिएको सालको गोलिया लालीगुरास सामुदायिक बन उपभोक्ता समितिका उपाध्यक्ष एवं वडा सदस्य टंक ओलीको जिम्मा लगाएको बन ईलाका बन कार्यालयका जमदार प्रकाश जोशीले बताएका छन । ' तत्काल कार्यालयमा ल्याउन साधनको ब्यवस्था नभएपछि बरामद गरिएको गोलिया मुचुल्का उठाएर जिम्मा लगाइएको हो । ' जोशीले भने ' त्यसलाई कार्यालयमा भोली ल्याउछौ।' काठ तस्करी कस्ले किन गरेको भन्ने बारे अनुसन्धान पछि कार्वाही गरिने समेत जमदार जोशीले बताएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ