arrow

एसएसबीले हस्तक्षेप गरेको १३ दिन पछि अनुगमनमा पुगेका सिडिओमाथि स्थानीयको आक्रोश पोखियो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
received_1991792837726989.jpeg

कञ्चनपुर । हतियारसहित नेपाली भुमिमा पसेर भारतीय सीमा सुरक्षा बल एसएसबीले तारबार तोडफोड गरि भत्काएको १३ दिन पछि अबलोकनमा पुगेका प्रमुख जिल्ला अधिकारीले घटनालाई सामान्य रुपमा लिएको भन्दै स्थानीयहरुले आक्रोश ब्यक्त गरेका छन्  ।

दुई साता अघि वन्यजन्तुको आक्रमणबाट खेतीपाती र बस्ती जोगाउन नगरपालिकाको आर्थिक सहयोगमा बनाउन लागिएको तारबार एसएसबीले भत्काएको घटनालाई सामान्य बताउदै आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का उक्त सीमा क्षेत्रको अबलोकनमा एकाएक पुगे पछि स्थानिय बासिन्दा आक्रोशित बनेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने केही घन्टा अघि ठूलो संख्याका सुरक्षाकर्मी सहित उक्त क्षेत्रको अबलोकनमा प्रजिअ खड्का बिहिवार अबेर पुगेका थिए । 

एसएसबीले हस्तक्षेप गरेको स्थान भन्दा १ किमि दक्षिण तर्फको भारतीय नियन्त्रणमा रहेको १९५ नम्बरको  जंगे पिलरको अबलोकन गर्न प्रमुख जिल्ला अधिकारी नगए पछि स्थानिय आक्रोशित भएका थिए । प्रजिअ खड्काले घटनाको सुरुआत संगै एसएसबीको उक्त  हस्तक्षेपलाई सामान्य बताउदै  आएकाले पुनर्वास नगरपालिका -९ का स्थानिय बासिन्दा आक्रोशित भएका हुन । 

एसएसबीले हस्तक्षेप गरेको उक्त घटनाको बारेमा गृह प्रशासनको चर्को आलोचना भए पछि १३ दिन पछि उक्त क्षेत्रको अबलोकनमा सिडियो खडका पुग्दा सीमामा एसएसबीको ज्यातदी हुँदा सम्म मौन बनेको भन्दै स्थानियले आक्रोश पोखेका थिए । 

सुरक्षाकर्मीको दलबल सहित बिचफाँटा पुगेका प्रजिअ खड्काले भने " बिवादित देखिएका स्थानहरुमा जसले जे जस्तो अबस्थामा भोग चलन गर्दै आएका छन त्यसै अनुरुप भोगचलन गर्ने सहमति बनेको छ । र यहाँको सम्बन्धमा समस्या समाधानमा कुटनैतिक पहल गरिने छI "

प्रमुख जिल्ला अधिकारी खड्काले सीमामा बारम्बार हस्तक्षेप झेल्दै आएका पुनर्वास बिचफाँटाका जनतालाई आश्वस्त पार्न नसके पछि केहिबेर तनावको स्थिती आएको थियो । 

भारतीय एसएसबीको हस्तक्षेपलाई सामान्य बताउदै आएका प्रजिअ खड्काले सीमा क्षेत्रको अबलोकनलाई    समेत गम्भीर नठाने पछि आक्रोशित स्थानिय युवाहरु आक्रोशित बनेका हुन ।  बिहिबार अबेर साँझ कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट सहितको ठूलो संख्याका सुरक्षाकर्मीका साथ उक्त स्थानमा पुगेका सिडियो खड्कालाई १९५ नम्बरको जंगे पिलरको अबलोकन गर्न स्थानियले गरेको आग्रह लाई बेवास्था गरे पछि स्थानीय बासिन्दा आक्रोशित भएका थिए । आक्रोशित स्थानिय युवाहरुले प्रजिअ खड्का चढेको गाडीमा माटाको डल्ला प्रहार गर्ने प्रयास समेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ