arrow

स्याङ्जाको एग्रो फार्ममा बम बिष्फोट

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
bam-photo-polic.jpg

स्याङ्जा। आधीखोलामा कुखुराको सुली मिसाएर जलचरको क्षती भएको आरोप खेपीरहेको खिलुङ् कालिका एग्रो फार्ममा गए राती बम प्रहार गरिएको छ।स्याङ्जाको भीरकोट नगरपालिका ७ मा रहेको खिलुङ् कालिका एग्रो फार्ममा बुधबार मध्यरातीमा अज्ञात समूहले प्रेशर कुकर बम बिष्फोट गराएको हो।

बम बिष्फोटबाट लाखौं मुल्य बराबरको भौतिक क्षति भएपनि मानविय क्षति भने भएको छैन्। बैशाख २० गते राती आँधीखोलामा कुखुराको सुली मिसाएर जलचरको क्षती भएको भन्दै आरोप प्रत्यारोप चलिरहेका बेला नेपालकै ठुलो एग्रो फार्ममा बम बिष्फट गराउदा कर्मचारी सहित स्थानिय समेत त्रसित बनेका छन्।

झण्डै ८० करोडको लगानीमा २०७० सालदेखि संचालनमा आएको फार्ममा दैनिक १ लाख ५० हजार अण्डा उत्पादन हुदै आएको छ। बम बिष्फोटको कसले गराएको भन्नेमा प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब २ सय सर्वसाधारणलाई रोजगारी दिएको फार्ममा भएको बम बिष्फोटको जिम्मा कसैले लिएको छैन्। बिष्फोटलाई लिएर संचालक र कर्मचारी त्रसित भएका छन्। बम बिष्फोट गराउनेको खोजि गरिदिन फार्मका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले उजुरी दर्ता गराएका छन्।

फार्मका तर्फबाट शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालयमा ढकालले निबेदन दिएका छन् । घटनाले आफूलाई दुखित बनाएको बताउदै प्रमुख जिल्ला कोशहरि निरौलाले फार्म, लगानीकर्ता र कर्मचारीको सुरक्षाको व्यवस्था गर्नु राज्यको दायित्व रहेकाले दायित्व पुरा गर्ने प्रतिबद्धता जनाए। जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको उजुरीमा बम बिष्फोटबाट झण्डै ३० लाख बराबरको क्षति भएको उल्लेख गरिएको छ।

फार्मको पछाडीको भागमा बम बिष्फोट गराइएकाले मानवीय क्षति हुन नभएको फार्मका संचालक भेषराज अर्यालले जानकारी दिए। कृषिका फार्म र उद्योग संचालन गरेर मुलुकलाई आर्थिक समृद्धि बनाउने लक्ष्य सरकारले लिइरहेका बेला एग्रो फार्ममा बम विष्पोट हुनुले व्यवसायीहरु शसंकित बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ