जनमोर्चाको छैठौ जिल्ला सम्मेलन सम्पन्न, नयाँ कार्यसमिति चयन
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
475
Shares
कपिलवस्त। राष्ट्यि जनमोर्चा कपिलवस्तुको छैठौ जिल्ला सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। जिल्ला सम्मेलनबाट सर्वसम्मती नेत्र्तत्व चयन गरिएको छ।
दधिराम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। जसको उपाध्यक्षमा हरि प्रसाद बेल्वासे, सचिवमा रामचन्द्र पौडेल, सह सचिवमा केयर सिंह पुन कोषाध्यक्षमा चेत नारायण खनाल, सदस्यहरुमा डबल सिंह जि.सी, दल बहादुर कुंवर, हुम बहादुर खत्री, लक्ष्मी भुषाल , बल बहादुर घर्ति छविलाल सिंजाली, ज्ञान बहादुर सिंजाली, मान बहादुर नेपाली, मिना के.सी, माग राजी योगी, पे्रम लम्साल, ऋषि राम शर्मा, तिलक गैह्रे,त्यस्तै वैकल्पिक सदस्यहरुमा टेक पति सापकोटा , देवेन्द्र कुंवर नेत्र प्रसाद गैह्रे, लगाएत रहेका छन्। बन्द शत्रमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले पार्टि कार्यक्रताहरुलाई प्रशिक्षण समेत दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्यि जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सीले नयाँ समितिलाई बधाई तथा सफल कार्याकालको शुभकामना व्यत गरेका थिए।