arrow

ट्रम्प र किमबीच सिङ्गापुरमा भेट हुने

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
trump-kim-summit-2018.jpg

वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्व समुदायबाट व्यक्त चासोका बिषयमा हुने वार्ता सिङ्गापुरमा जुन १२ मा हुने गरी तय भएको अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार जनाउनुभएको छ। यद्यपि यस बिषयमा थप कुरा भने सन्देशमा उल्लेख गरिएको छैन।

यस पहिले वार्ताको बिषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनबीच छलफल भएको जापानी विदेश मन्त्रालयले जनाएको थियो। एसियाली नेताहरूको छलफललाई जापानी प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ