arrow

जनकपुरको रंगभूमिमा हुने ‘नागरिक अभिनन्दन’ नै हो ‘नगर अभिनन्दन’ हैन 

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
modi-new-dahal-.jpg-l.jpg.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान जनकपुर आउँदैछन् । त्यसैगरी उनको बिहानै १२ बिहाको रंगभूमि मैदानमा नागरिक अभिनन्दन हुँदैछ । 

केन्द्रीय सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मोदीको जनकपुरमा ‘नगर अभिनन्दन’ हुने भनी संघीय संसदमा जानकारी गराए पनि यसलाई प्रदेश २ सरकार मान्न तयार छैन ।

प्रदेश २ का पर्यटन मन्त्री रामनरेश राय यादवले भने, ‘अरु कसले के भने भन्ने हामीलाई थाहा छैन यो नागरिक अभिनन्दन नै हो ।’ उनले अगाडि थपे, ‘नगरपालिकाले मात्र एक दुई सयको भेलामा अभिनन्दन गरेको भए त्यो ‘नगर अभिनन्दन’ हुन्थ्यो होला तर यहाँ त लाखौं नागरिक आउँछन् ।’

मन्त्री रायले यो नागरिक अभिनन्दनमा २ नम्बर प्रदेश मात्र नभइ प्रदेश १ र ५ बाटसमेत नेपाली आउने भएकाले यहाँ लाखौं आउँछन् भने । 

रायको विश्लेषणमा यो नागरिक अभिनन्दनको कार्यक्रम दिउँसो १ वा २ बजेतिर हुन सकेको भए ठूलो संख्यामा भेला हुने सम्भावना थियो । 

बिहानको समयमा पूजापाठ चल्ने हुनाले पनि सबैको उपस्थिति हुन सक्ने सम्भावना नरहेको र बाहिरबाट आउनेहरुलाई पनि केही समस्या हुने उनको तर्क छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ