arrow

कांग्रेसका नेता तथा वरिष्ठ समाजसेवी घिमिरेको निधन

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
ghimire-congress-karyakarta.jpg

धनकुटा  । नेपाली कांग्रेस धनकुटा हिलेका नेता तथा वरिष्ठ समाजसेवी एवं धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको शुक्रबार विहान असमायिक निधन भएको छ । 

२००५ सालमा जन्मिएका घिमिरे केही दिनअघि निमोनिया तथा श्वास प्रश्वासको बिरामी भई वि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए । 

उनको शुक्रबार बिहान ७० बर्षको उमेरमा असमायिक निधन भएको धनकुटा काँग्रेसले जनाएको छ । स्वर्गीय घिमिरेका एक श्रीमती, दुई छोरा र पाँच छोरीहरु छन् । 

धनकुटा काँग्रेसको विज्ञप्ति 
नेपाली कांग्रेस धनकुटाले शोक बक्तव्य जारी गर्दै घिमिरेको निधनले नेपाली कांग्रेस स्तप्ध र मर्माहित दुखित भएको र कांग्रेस धनकुटालाई अपुरणीय क्षती भएको जनाएको छ ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईद्धारा जारी शोक वक्तव्यमा वरिष्ठ समाजसेवी तथा नेपाली नेपाली कांग्रेस धनकुटा नेता ठेगनाथ घिमिरेको निधनले कांग्रेस धनकुटाले एक सच्चा, इमानदार र अनुभवी नेता तथा अभिभावक गुमाउनुका साथै कांग्रेस धनकुटालाई अपुरणीय क्षती भएको उल्लेख गरिएको छ ।

यस दुखत घडीमा परिवाजर जन र कांग्रेसजनले धैर्य धारण गर्दै शोकलाई शक्तिमा परिणत गर्दै उहाको सपनालाई पुरा गर्न लाग्नु पर्नेमा जोड दिँदै मृतकको आत्माप्रति सम्मान पूर्वक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल  घिमिरे परिवाजन प्रति कांग्रेस पार्टीको तर्फबाट हार्दिक समबेदना व्यक्त गरिएको छ भनिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ