arrow

१०४ वर्षीय वैज्ञानिकले गरे स्वेच्छिक देहत्याग

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
scientist-david-goodall-self-die-104.jpg

काठमाडौं । १०४ वर्षीय वैज्ञानिक डेभिड गुडलले स्विट्जरल्याण्डको क्लिनिकमा स्वेच्छिक देहत्याग गरेका छन् । उनले सो क्लिनिकमा आफ्नो देहत्यागको लागि चयन गरेका हुन् । वातावरण र वनस्पतिको क्षेत्रको अध्ययनमा सक्रिय रहेका वैज्ञानिक कुनै पनि रोगले ग्रसित थिएनन् र उनले आफ्नो जीवनको सबै गुणहरुको मूल्यांकन गरी देहत्यागको निर्णय गरेका हुन् । 

आफ्नो देहत्याग गर्नको लागि गुडल अष्ट्रेलियाबाट स्विट्जरल्याण्ड आएका थिए, जसले समग्र विश्वका मानिसहरुको ध्यान आकर्षित गरेको थियो । आफ्नो मृत्युभन्दा केह िसमयअघि उनले आफ्नो जीवनको समाप्ति गर्न पाउँदा खुसी लागेको बताएका थिए । 

आफ्ना परिवारका सदस्यहरुले घेरिएको अवस्थामा उनले पछिल्लो वर्ष आफ्नो जीवन थप नाजुक बन्दै गएको र आफूलाई यो जीवन त्याग गर्दै गर्दा निकै खुसी लागेको बताएका थिए । गुडलले निकै बृद्ध भइसकेको र निको नहुने अवस्थामा पुगिसकेको मानिसलाई विना कष्ट मृत्यु दिनु नै सबैभन्दा ठुलो सहयोग रहेको पनि बताएका थिए । विहीबार शान्तिपूर्वक उनको ज्यान गएको हो । 

उनका सहयोगीहरुले भने पछिल्लो समय उनी एक काममा लागेका थिए र त्यो कामबाट निकै निराश पनि थिए । उनले अन्तिम समयमा उक्त काममा अत्यधिक समय लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । गुडल अष्ट्रेलियाको पर्थमा रहेको एक सानो फ्याटमा बस्दै आएका थिए । उनले केही साताअघि स्विट्जरल्याण्ड उडेका थिए । 

आफ्नो जीवनकालमा पाएको धेरै उपलब्धिमध्ये गुडलले ३० ओटा किताबको श्रृङ्खला सम्पादन गरेका थिए । जुन उनको वैज्ञानिक अनुसन्धानको विषयमा आधारित थियो । 

अन्तिम समयमा उनले अष्ट्रेलियामा आफ्नो जीवन त्याग गर्नका लागि अनुमति मागेका थिए तर त्यसको लागि केही न केही रोग हुनु आवश्यक रहेको हुनाले उनी स्विट्जरल्याण्डमा देहत्यागको लागि गएका हुन् । स्विट्जरल्याण्डले सन् १९४२ देखि नै आफ्नो मुलुकमा स्वेच्छिक देहत्यागलाई मान्यता दिँदै आएको छ । 

बुधबार एक विवरण सार्वजनिक गर्दै गुडलले मानिसहरुमा आफ्नो मृत्युको विषयमा देखिएको चासोलाई लिएर आफू निकै अचम्मित भएको बताएका थिए । स्विट्जरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, लक्जेमवर्ग, कक्बोडिया, अमेरिकाका केही राज्य र क्यानडामासमेत निश्चित मापदण्डको आधारमा स्वेच्छिक देहत्यागलाई मान्यता दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ