arrow

मोदी भ्रमणको बहानामा ओलीले लगाए गंगासागरमा डुबुल्की

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
janakpur-ranabhumi.jpg

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदै छन् । उनी १०ः१५ बजे जनकपुर आउने कार्यक्रम रहे पनि केही ढिलाई हुने बुझिएको छ । उनी पटनाबाट विशेष सुरक्षासहित हेलिकप्टरमा जनकपुर आउँदै छन् । जनकपुर आएपछि उनी सीधै जानकी मन्दिर जानेछन् । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि जानकी मन्दिरमा पुगेका छन् । ओली मधेसको पोशाकमा जानकी मन्दिर पुगेका हुन् । ओली र मोदीले जानकी मन्दिरमा पूजा गर्नेछन् भने रामायण सर्किटको उद्घाटन पनि हुँदैछ । 

जनकपुरदेखि अयोध्यासम्म गाडी चल्नेछ । त्यही नै हो रामायण सर्किट । जनकपुरदेखि ५०० किलोमिटर टाढा रहेको अयोध्या पुग्न २४ घण्टा लाग्नेछ । उद्घाटनको दिन ३० जनाले अयोध्या बसमा यात्रा गर्ने जनाइएको छ । 

ओलीको योजना 
मोदी जनकपुर आउनुमा सबैभन्दा ठूलो हात ओलीकै हो र यसमा उनको योजना सफल भएको छ । उनको योजना प्रदेश नम्बर २ संग बिग्रिएको सम्बन्ध बनाउनु हो । त्यसका लागि ओली सफल भएका छन् । 

ओलीले तराईकै शैली र लबजको पोशाक लगाएर प्रदेश २ को मन पनि जित्न प्रयास गरेको संकेत पाउन सकिन्छ । रामायण सर्किटको उद्घाटनले पनि प्रदेश २ उत्साही छ । 

एक मधेसका नेताले भनेका छन्, ‘ओलीज्यूले आफ्नो योजना पूरा गर्नुभएको छ, तराईलाई गरेको अपमान उहाँले यसै मार्फत पखाल्न  प्रयास गर्नु भएको छ । भारतीय प्रधानमन्त्री मोदीज्यूको फेर समाउँदै ओलीज्यूले गंगासागरमा डुबुल्की लगाउनु भएको छ । '

प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले पनि दुवै जना प्रधानमन्त्रीलाई स्वागत गर्न पाउनु प्रदेश २ को गर्विलो विषय भएको बताएका छन् । यसबाट उनको केन्द्रसंग रहँदै आएको गुनासो समेत मेटिने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ