arrow

यसरी बढाउँदैछ अमेरिकाले इरानमाथिको प्रतिबन्ध 

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
america-iran.jpg

एजेन्सी । अमेरिकाले छ जना मानिसहरु तथा तीन कम्पनीहरुलाई इरानको इस्लामिक रिभोलुसन गार्डस् क्रप्स (आईआरजीसी) सँग सम्बन्ध रहेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिकाको वाणिज्य विभागले अहिले लगाइएको प्रतिबन्ध उक्त समुहको लागि लाखौं डलर जम्मा गर्ने मानिसहरुको लागि रहेको बताएको छ । 

यो संगठनले अमेरिकाको विरुद्धमा भ्रामक प्रचार गर्ने गरेको आरोपमा उनीहरुमाथि प्रतिबन्धको निर्णय गरिएको अमेरिकाले बताएको छ । इरानको केन्द्रीय बैकमाथि पनि आईआरजीसीलाई अमेरिकी डलरका पहुँच दिएको आरोप लगाइएको छ । 

यद्यपि अहिले प्रतिबन्ध लगाइएका मानिसहरुको नाम भने अमेरिकाले सार्वजनिक गरेको छैन । उनीहरु इरानियन रहेको भने उल्लेख गरिएको छ । अमेरिकी व्यवसायीहरुलाई उनीहरुसँग कुनै पनि कारोबार गर्नबाट रोक लगाइएको छ । यसअघि यूएईका मानिसहरुमाथि लगाइएअनुसार कै प्रतिबन्ध इरानमा लगाइएको हो । 

अमेरिकाले सार्वजनिक गरेको विवरणमा इरानको सरकार र केन्द्रीय बैंकले अमेरिकाको विरुद्धमा प्रचार तथा विभिन्न गतिविधिहरु गर्दै आएका संगठनहरुलाई डलर खरिदको अधिकार दिएको कारण यस किसिमको निर्णय गर्न अमेरिका बाध्य भएको बताइएको छ । 

अमेरिकाको योजना आईआरजीसीले अहिले पाउँदै आएको राजस्व कम गर्नु रहेको बताएको छ । उसले स्रोत र गन्तव्य जे भए पनि राजस्वमा गिरावट ल्याउनु आफ्नो उद्देश्य रहेको बताएको हो । 

आईआरजीसी सन् १९७९ मा स्थापना भएको इरानियन संगठन हो यो संगठनको स्थापना इरानको इस्लामिक प्रणालीलाई बचाउनका लागि गरिएको थियो । यो संगठन अहिले इरानको प्रमुख सैन्य, राजनीतिक तथा आर्थिक संगठनको रुपमा रहेको छ । अहिलेको प्रतिबन्ध विशेषगरी यो संगठनको वैदेशिक कार्यक्रमलाई लक्षित गरी अघि सारिएको हो । 

गएको अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भ्रष्ट आतंकवादी फौज तथा भ्रमक प्रचार गरेको भन्दै एक तहको प्रतिबन्धको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताबाट बाहिरिने निर्णय गरेको दुई दिनमै यस किसिमको विवरण सार्वजनिक भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ