arrow

विमानबाट उडी आए नरेन्द्र मोदी, मोदीको पोशाकको रंगसंगै सजिएर स्वागत गर्न पुगे ओली

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
modi_nepal_welcome.jpg

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानबाट जनकपुर आइपुगेका छन् । उनी हेलिकप्टरमा आउने भनिए पनि अन्तिम समयमा विमानमा आएका थिए । 

प्रदेश २ मा उनको स्वागत ०४६ सालमा चन्द्रशेखर भारतीलाई काठमाडौंमा नेपालीले गरेजत्तिकै भएको विश्लेषण तराईमा गरिएको छ । 

मोदीको यो आगमनले प्रदेश दुईमा खुशीको लहरमात्र छाएको छैन मोदीले विकासका थुप्रै बाटाहरु लिएर आएको तर्कसमेत गरिएको छ । 

विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलसंगै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, परराष्ट्रका उच्च अधिकारी, नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीसहित थुप्रैले स्वागत गरे । 

त्यहाँबाट बाहिरिँदै गर्दा मिथिलाको संस्कृतिसंगै रामायणका भजनले स्वागत गरिएको थियो । 

त्यसपछि त्यहाँबाट सीधै जानकी मन्दिर पुगेका मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । पहेंलो कुर्ता र सेतो सुरुवालमा सजिएका ओली गम्छा र नेपाली टोपीमा सजिएका थिए । 

कुर्ता सरुवालमा कटाक्ष गर्ने ओलीले अहिले नरेन्द्र मोदीकै पोशाकको रंग मिल्ने गरी पोशाक लगाएर जानकी मन्दिरमा स्वागत गर्न पुगेका हुन् । 

दुवैबीच स्वागतमा खुशीयाली स्पष्टै देखिन्थ्यो । यो हाँसोसंगै दुवै प्रधानमन्त्रीद्धय जानकी मन्दिरमा सोडसोपचारविधिबाट पूजा गर्न लागेका छन् । 

पूजा सकिए लगत्तै रामायण सर्किटको उद्घाटन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ