arrow

जब मोदीले ओलीलाई ‘मेरे भाइसाब’ भने

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
modi-oli-bhasan.JPG

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेरो भाइ ‘मेरे भाइसाब’ भनी सम्वोधन गरेर अझ बढी मित्रता थपिएको सन्देश दिएका छन् । 

जानकी मन्दिरमा पूजाआजापछि सम्वोधनका क्रममा उनले ओलीलाई मेरा भाइ भन्दै नजिकको नाता जोडेका हुन् । योसंगै ओली मोदी सम्बन्ध अझ बढी फराकिलो भएको पाउन सकिन्छ । 

मोदीले एकादशी तिथिका दिन जानकी मन्दिरमा आउन पाउनु सौभाग्य हो भन्दै ओलीलाई निम्ताका लागि धन्यबाद पनि दिएका छन् । 

यसलाई ऐतिहासिक घटनाका रुपमा लिएको उनले बताएका छन् ।  

उत्तर प्रदेशको बनारसले आफूलाई प्रधानमन्त्री बनाएको र त्यही अयोध्या र जनकपुरबीच सीधा बस सेवा चल्नु निकै राम्रो पक्ष हो भन्दै मोदीले जनकपुर र अयोध्याबीचको सम्बन्ध अझ मजबुद हुने बताए । 

ओलीले के भने ?
‘हामी खुशी भएका छौं । जनकपुर खुशी भएको छ । हाम्रो आउने जाने क्रम जारी छ । राम आउँदादेखि । निरन्तरतर जारी छ । जानकीसंग विवाह गर्दादेखि निरन्तर जारी रहेको छ त्यो परम्परा । त्यो परम्परालाई माथि उठाउनका लागि मोदी ज्यू आउनु भएको छ । यसले दुई देशका बीचको धार्मिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई प्रतिविम्बत गर्दछ । हाम्रो मित्रताको संकेतस्वरुप अब प्रधानमन्त्रीमा मात्र होइन कि आपसमा नागरिकबीच पनि सम्बन्ध बढाउन यो बस सेवाले सघाउ पुर्याउने छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ