arrow

चिया पसलमा भेटिन थाले प्रकाशमान, लक्ष्मी दिदीको पसलमा के भयो शुक्रवार विहान ?

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंह शुक्रबार बिहानै नयाँबानेश्वरको एक चिया पसलमा पुगे । नमस्कार गर्दै सिंह लक्ष्मी दिदीको चिया पसलमा प्रवेश गर्दा चिया पिउँदै गफमा मस्त भएका कतिपय अचम्मित परेर हेरिरहे, कतिपयले नमस्कार फर्काए ।

बिहान करिब साढे सात बजे प्रकाशमान सिंह लक्ष्मी दिदीकहाँ पुग्दा पूर्वमन्त्रीहरु राजेन्द्र खरेल, होमनाथ दाहाललगायतले चिया पिइरहेका थिए । वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, सांंसद राधेश्याम अधिकारी, पूर्वसचिव खेमराज रेग्मी लगायत त्यही चिया पसलभित्र थिए । एक आपसको  सञ्च बिसन्चो सोधेर औपचारिकता पूरा गरेपछि सुरु भयो अर्को चरणको राजनीतिक गफगाफ ।

प्रकाशमान सिंह कांग्रेसका पूर्वमहामन्त्री , सरकारमा उपप्रधानमन्त्री र संसदमा संसदीय दलको उपनेता बनी सकेकाले हाेला  चिया पसलमा सहभागीहरुले प्रकाशमान सिंह समक्ष वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिकाको आलोचना मात्रै गरेनन् केही सुझावहरु पनि दिए।

होमनाथ दाहालले भने, 'आफूआफूमा लडेर कमजोर हुनुभयो तपाईंहरु, यस्तै अवस्था हो भने अहिले दोस्रो भएको कांग्रेस अर्को चुनावमा कहाँ पुग्ने हो थाहा छैन ।'

उनीहरुले प्रतिपक्षको जस्तो भूमिका खेल्न नसकेको भनेर आलोचना गरे । 'न संसदीय दलको बैठक बस्छ, न समयमा उपयुक्त निर्णय लिन्छ, प्रतिपक्षमा भएको जस्तो पर्फमेन्स कांग्रेसको देखिएन,' प्रकाशमानसँग कुराकानी गर्नेहरुको साझा भनाइ थियो, 'सरकारले बाटो बिराउन खोजेमा प्रतिपक्षले सही बाटोमा ल्याउने भएकाले कांग्रेसको भूमिका सशक्त हुनुपर्छ ।'

प्रकाशमानले  सिहले सही थप्दै कांग्रेसलाई सुधार गर्न आफू क्रियाशील रहेको बताए । उनले भने, 'बीपी, गणेशमान, किसुनजीको पालाको जस्तै सशक्त कांग्रेस बनाउन हामी क्रियाशील छौं ।'

उनले भने, 'म आफै कुनै विषयको विज्ञ होइन, त्यसैले तपाईंहरुको सुझाव लिएर अघि बढ्न आजबाट अभियान सुरु गरेको छु । मैले के गर्नुपर्छ, रचनात्मक सुझाव दिनुहोला र आलोचना पनि गर्नुहोला ।'

केही समयकाे गफगाफ पछि प्रकाशमान सिह  कालो चिया पियर त्यहाँबाट हिँडे। सार्वजनिक स्थलहरुमै पुगेर जनतासँग प्रत्यक्ष भेटवार्ता गर्ने अभियान सुरु गर्ने तयारीमा रहेेछन उनी ।

'सधैं औपचारिक कार्यक्रममा गएर हुँदैन । वौद्धिक वर्गलाई प्रत्यक्ष भेटेर सुझाव लिने र जनताको, र  मतदातालाई पनि भेटेर उनीहरुका समस्या समाधान गर्न पहल गर्ने उद्देश्यले प्रकाशमानले हप्ताको दुई दिन सोमबार र शुक्रबार यसैगरी सार्वजनिक स्थलमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम तालिका बनाएका उनका सहयोगी युपी लामिछानेले बताए।

निर्वाचनको बेलामा जस्तै बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा पुगेर कार्यकर्ताहरुसँग पनि प्रत्यक्ष भेटघाट जारी रहेकाे लामिछानेले जानकारी दिए ।

प्रकाशमानले लक्ष्मी दिदीको चियापसलमा करिब आधा घण्टा बिताएका थिए । उनले स्थानीयको विवादका कारण एभरेष्ट होटल पछाडिको आधा पिच भएको र आधा नभएको बाटोको अवलोकन पनि गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ