arrow

मोदीले लेखे - ' जनकपुर यात्राको धेरै पुरानो इच्छा पुरा भयो' 

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
Modi_Visitor_Book.jpg

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पुजा पछि आगन्तुक पुस्तिकामा आफ्नो लामो समयदेखि जनकपुरधामको तिर्थयात्रा गर्ने धोको पुरा भएको लेखेका छन्। 

उनले हिन्दीमा लेखेका छन्- 'जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी हुई। भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व रख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है।'

उनले नेपाल सरकार र जनकपुरबासीलाई पनि आफ्नो स्वागतकालागि धन्याद दिएका छन्। उनले दुवै देशका सबै लाई शान्ती समृद्धी र प्रगतिको शुभकामना दिएका छन्। 

जानकी मन्दिरको दर्शन पछि उनको रंगभुमी मैदानमा नागरिक अभिनन्दन गरिएको थियो। उनलाई जनकपुर उपमहानगरपालिकाका मेयरले नगरको साँचो हस्तान्तरण गरेका थिए। 

त्यसैगरि उनलाई प्रदेश नं २, बिरगञ्ज उद्योग बाणिज्य सँघ, र जनकपुर उद्योग बाणिज्य सँघका तर्फबाट १२१-१२१ केजीका मालाले स्वागत गरिएको थियो। 

त्यसैगरि उनलाई जानकी माताको तस्विर पनि हस्तान्तरण गरिएको थियो। 

मोदीले आफ्नो अभीनन्दन भाषणमा आफु प्रधानमन्तरीका रुपमा नभई प्रधान तिर्थयात्रीको रुपमा नेपाल भ्रमणमा रहेको बताएका थिए। उनले आफ्नो भाषणको धेरै समय समृद्धी र आर्थीक बिकासका कुरामा ब्यतित गरेका थिए। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ