arrow

पाल्पा रामपुरको नयाँ गुफा स्थानीय सरकारले गर्‍यो बन्द, कारण यस्तो

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
gufa-cave-rampur-palpa.jpg

पाल्पा (रामपुर)। केही दिन अघि रामपुर नगरपालिका वडा नम्बर ४ मा भेटिएको अनौठो गुफा सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएको छ । रामघाट नजिकै भुलादीखोलाको भुद्रुङ्ग घाटमा भेटिएको गुफा तत्कालका लागी बन्द गरिएको वडाका जनप्रतिनिधिले जनाएका छन् ।

रामपुर नगरपालिका वडा नं. ४ को वडा कार्यसमितिको विहिबार बसेको बैठकले गुफालाई केही समय बन्द गर्ने निर्णय गरेको हो । गुफा पत्ता लागेसंगै अवलोकनका लागि जानेहरुको दैनिक भिडभाड बढेपछि सुरक्षा चुुनौती थपिएको भन्दै उनीहरुले अनुुसन्धान नहुन्जेल सम्म गुफा बन्द गर्न लागेको हो । अनुसन्धान नगरी प्रवेश खुल्ला गर्दा कुनै समस्या निम्तन सक्ने भएकाले गुफाको विज्ञहरु मार्फत अध्ययन नहुन्जेलसम्म गुफा प्रवेशद्वार बन्द गर्ने निर्णय गरेका हौ वडा अध्यक्ष एक बहादुर नेपालीले बताए।

सो गुफा स्थानिय युवाहरुले बाहिरी भागमा सानो दुलो देखेपछि भित्र पस्ने क्रममा पत्ता लगाएका थिए । करिब सय मिटर बढी लम्बाई रहेको गुफाभित्र विभिन्न आकृतीहरु, पानीका धारा,पानी पोखरीहरु रहेका छन् । नदी किनारको बलौटे माटोमा प्रबेशद्धार देखेपछि साघुँरो प्वालबाट घुडा धसेर भित्र जानुुपर्ने अबस्था छ । भित्र पुुगेपछि ओडार रहेको  र पुनः केही बेर साघुँरो बाटो गएपछि अर्काे ठुुलो ओडार रहेकाले स्थानीय सहित दैनिक दर्जनौ मानिस गुफा भन्दै हेर्न पुगेका थिए ।

खुला गरेर हिड्न नमिल्ले र लाइट वा मोवाइलको बत्ती बालेर भित्र जादाँ सास फेर्न समेत अफ्ठेरो हुुन सक्ने भन्दै तत्कालका लागि अबलोकन गर्न जानेलाई भित्र पस्न प्रतिबन्ध लगाइएको वडा नम्बर ४ का नगर कार्यपालिका सदस्य सीमा रानाले बताइन । स्थानीय प्रशासन, नगरपालिकाको समन्वयमा गुफाको अध्ययन अनुगमनका लागि पर्यटन मन्त्रालय सहितको बिज्ञ टोली झिकाउने वडा प्रतिनिधिले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ